अमेरिकामा खिचिएको भिडियो सार्वजनिक



गायक आरके खत्रीको शब्द, संगीत र स्वरमा कसरी भनूँ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

रिकेश गुरुङले ऐरेन्ज गरेको गीतको भिडियोमा मोडलद्वय विश्व शर्मा र नमिता भुसाल फिचर्ड छन्। एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको पे्रमिल गीतको भिडियो आकर्षक बनेको छ। म्युजिक भिडियोको आधाभन्दा बढी छायांकन अमेरिकामा गरिएको छ।

अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि आत्मामा, टुक्रेको मुटुजस्ता गीतमा एकसाथ अभिनय गरेका थिए। विकी पुलामीको निर्देशन रहेको गीतको भिडियोमा कुन्चोक शेर्पाको छायांकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्