पाक कलासम्बन्धी प्रतियोगिता हुने



काठमाडौ(नेस)
नेपालमै पहिलो पटक पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता यही जेठ ३१ गते हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) सहयोगमा हुने सो प्रतियोगिताले सन् २०२० मा २० लाख पर्यटक भित्रा्याउने लक्ष्यलाई टेवा पु¥याउने विश्वास गरिएको छ ।

औपचारिक तालिम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रस्फुटन गराउने प्रतियोगिताको उद्देश्य राखिएको छ ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले सो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरिरहेको छ ।यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्