जेम्स एण्ड ज्वेलरी एक्स्पो जेठ ३ गते हुने



काठमाडौं(नेस)
यही जेठ ३ गते शुक्रबारदेखि अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ। नेपाल सुनचा“दी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो।

लैनचौरस्थित विभाग परिसरमा हुने एक्स्पोमा ६० वटा स्टल रहनेछन्। एक्स्पो उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ । एक्स्पोमा गोल्ड, डायमण्ड ज्वेलरीका ३६ वटा, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी २, रक एण्ड मिनरल्स १२ र एजुकेशन ४ ओटा स्टल रहने महासंघका अध्यक्ष रमेश महर्जनले बताउनुभयो । तीन दिन चल्ने मेलामा नेपाली पत्थरको पनि प्रर्दशनी गरिने विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

मेलाबाट बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर, स्वदेशी कच्चा पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगको सम्भावनालाई स्पष्ट पारी आन्तरिक तथा वाह्य प्रविधि एवं पू“जीलाई आकर्षित गर्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्