एकल बिन्दु सेवा केन्द्रको शुरुवात



काठमाडौं(नेस)
सरकारले लगानी मैत्री वातावरणको लागि ‘एकल बिन्दु सेवा केन्द्र’को शुरुवात गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले एकल विन्दु सेवा केन्द्रको त्रिपुरेश्वर स्थित उद्योग विभागको भवनमा बुधबार केन्द्रको शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले लगानी मैत्री वातावरण निर्माणको लागि सेवा केन्द्र उपयोगी हुने बताउनुभयो ।

सेवाको सुरुवात सँगै लगानीकर्ताहरुले फाईल वोकेर कार्यालय ध्धाउनुपर्ने अवस्था अन्त्यको भएको पनि मन्त्री यादवको भनाई रहेको छ।

सरकार लगानी मैत्री वातावरण निर्माणको लागि कटिवद्ध रहेको बताउँदै मन्त्री यादवले भन्नुभयो ‘ अब लगानी कर्तालाई सहज हुने छ । ’

केन्द्रमा १२ सेवा केन्द्र अन्तर्गत उद्योग दर्ता ईकाइ, भन्सार तथा राजस्व ईकाइ, वातावरण ईकाइ, प्रशासन तथा कानूनी ईकाइ, पूर्वाधार ईकाइ, जग्गा सहजीकरण ईकाइ, विदेशी विनिमय सहजीकरण ईकाइ, भिसा सहजीकरण ईकाइ, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ईकाइ रहेको छ ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडाले सेवा केन्द्रलाई चाँडै अझ सहजको लागि डिजिटल प्रविधिमा रुपान्तरण गर्ने तयारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्