सगरमाथा आरोहणमा नयाँ कीर्तिमान



काठमाडौं, (नेस) । २३ औं पटक सगरमाथा आरोहणमा गदै नेपाली आरोहहीले नयाँ कीर्तिमान कायम गर्नुभएको छ । आरोही कामिरीता शेर्पाले बुधवार विश्वको सर्वोच्च शिखर पाईला टेक्दै विश्व कीर्तिमान कायम गर्नु भएको हो । शेर्पाले गत बर्ष जेठ २ गते बुधबार कै दिन आफैले कायम गरेको कृतिमानलाई बुधबार आफैले तोड्दै नयाँ कृतिमान कायम गर्नु भएको हो ।

सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार शेर्पाले बुधबार २३ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर विश्व कीर्तिमान कायम गर्नु भएको बताउनु भयो ।

शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेका आप्पा शेर्पाको रेकर्ड तोड्दै सोलुखुम्बुका शेर्पाले ४९ वर्षको उमेरमा २३ पटक आरोहणको सफलता पाउनु भएको हो ।

मंगलवारसम्म सगरमाथा आरोहणको लागि १३ नेपाली र ३ सय ६६ विदेशीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएको विभागका निर्देशक सुरेन्द्र थापाले बताउनु भयो ।

मंगलवार जारी सिजनमा ८ जना नेपालीको टोलीले सगरमाथा चुचुरोमा चुम्न सफल भएको थियो । ८ हाई अल्टिच्यूट गाइडको टोलीले आरोहण गरे सँगै यस वर्षको आगामी आरोहणको वाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्