नौ वर्षीया छोरी बलात्कार अभियोगमा बाबु पक्राउ



खोटाङ ।
खोटाङमा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । आफ्नै ९ वर्षीय नावालिका छोरीलाई करणी गरेको अभियोगमा ५० वर्षीय बाबु पक्राउ परेका हुन् ।

नाबालिका छोरीलाई बलात्कार गरेको सूचना मंगलबार प्राप्त भएपछि बलात्कारी बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।
पक्राउ परेका बाबुलाई बुधबार जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ । उनीमाथि चैत्र २८ गते राती आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्