ट्राफिकलाई पहिलो बिट



हेटौडा ।
सवारी साधनको चाप बढेसँगै त्यसको व्यवस्थापनको समस्या हल गर्दै आएका ट्राफिक प्रहरीले पहिलो प्रहरी बिट उपहार पाएका छन् । दिनरात धुँवा र धुलोबीच ड्यूटीमा खटिने प्रहरीलाई उपहारस्वरुप सगरमाथा युपीभीसी हेटौंडाले बिट हस्तान्तण गरेको हो । हस्तान्तरित बिट बुद्धचोकमा राखिएको छ ।

चोकमा प्रहरी बिट राखिएपछि ट्राफिक प्रहरी उत्साहित छन् । ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान उत्तम थापाका अनुसार विभिन्न ठाउँमा विशेष ड्युटीको समय तोकिन्छ । चर्को गर्मी, जाडो, धुँवा, धुलो त बानी नै परिसकेको छ । तर, बुद्धचोकमा ड्युटी बस्दा धुँवा र धुलोबाट मुक्त हुने उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरी रामकृष्ण श्रेष्ठका अनुसार पानी परेको बेलामा कतै ओत लाग्न जाँदा कति बेला कसको साइरन बज्ने हो थाहै हुँदैन । ‘हत्तपत्त दगुर्र्दै आइपुग्नु पथ्र्यौ चोकमा,’ उहाँले भन्नुभयो–अब बिटका कारण यी समस्या समाधान हुने भएको छ ।

पानी परे रेनकोट लगाउन पनि प्रहरीलाई समस्या थियो । समस्या अन्त्य हुने कार्यालय प्रमुख प्रनि वीरेन्द्रकुमार ठाकुरले बताउनुभयो । यस्तो बिट मकवानपुरमा धेरै संख्यामा आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्