राजदूत पाण्डेलाई बु्रनाइको जिम्मेवारी



काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेलाई ब्रुनाइ दारुसलामका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्