सरकारविरुद्ध सडकमा उत्रियो संयुक्त विद्यार्थी संगठन



कठमाडौँ ।
संयुक्त विद्या्र्थी संगठनले बिरोध कार्यक्रम गरेका छन् । ५५औँ विद्यार्थी एकता दिवसको अवसर पारेर विद्यार्थी संगठनका विद्याथीहरुले आन्दोलन गरेका हुन् ।

उनीहरुले काठमान्डौ प्रर्दशनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट सुरु भएको उक्त विरोध आन्दोलन शान्तिबाटिकामा गएर टुङगीएको थियो ।

युवा बेच्न पाइदैन केपी सरकार चाँहीदैन भन्ने मुल नाराका साथ बिरोधमा उत्र्तिएका उनीहरुले टुडिखेल क्षेत्रको सडक खण्ड केही समय अबरुद्ध बनाएका थिए ।

गरीब दलित जनजाती मधेशी छात्रा र दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीहरुलाई पुर्ण रुपमा छात्रवृत्तिको व्यबस्था गर्नपर्ने, भुमाफीयालाई कारबाही हुनुपर्ने लगाएतका माग राख्दै आन्दोलनमा उत्र्तिएका हुन् ।

अहिलेको सरकार राज्य ब्यबस्था इतिहासकै भष्टाचार, कमिसन खोर, राष्ट्र घात,जनघात, बलात्कार, लगाएतका अपराधहरुलाई उछिन्दै अर्को रेकर्ड कायम गर्न सफल भएको संगठनका विद्याथीहरुले आरोप लगाएका छन् ।

आन्दोलनमा विद्यार्थी नेताहरु लगाएत स सना स्कुले विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्