रहिनन् अमेरिकी अभिनेत्री डोरिस



चर्चित अमेरिकी अभिनेत्री तथा गायिका डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ। एजेन्सीका अनुसार उनको अमेरिकाको क्यालिफोर्नियास्थित निवासमा निधन भएको हो।

१९५० को दशकमा हलिउडमा राज गरेकी उनले पिलो टक, द म्यान हु नो टु मच, द्याट टच अफ मिंकजस्ता हिट फिल्म दिएकी थिइन्। सन् १९४८ मा फिल्म रोमान्स अन द हाई सिज नामक फिल्मबाट हलिउड डेब्यु गरेकी उनले अमेरिकी टेलिभिजनबाट पनि लोकप्रियता कमाएकी थिइन्। उनले गत अप्रिलमा मात्र आफ्नो ९७औं जन्मदिन मनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्