कबड्डीको तेस्रो सिरिज बन्ने



सिरिज फिल्मको चलन बढिरहेका बेला हिट सिरिज कबड्डीको अर्को सिरिज पनि बन्ने भएको छ। कबड्डी र कबड्डी कबड्डीको सफलतापछि निर्माता निर्देशकले तेस्रो संस्करणस्वरूप कबड्डी कबड्डी कबड्डी बनाउने भएका छन्।

सोमबार राजधानीमा आयोजित एक समारोहबीच फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा बन्ने फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबी गुरुङ, राजेन्द्र थापालगायतले अभिनय गर्नेछन्।

बाँसुरी फिल्म्सको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने फिल्म माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य निर्माण हुनेछ। मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको निर्माणमा बन्ने फिल्म आगामी आइतबारदेखि सुटिङ प्mलोरमा जानेछ। सुटिङमा जानुअगाडि फिल्मका कलाकारलाई अनुप बरालले एक्टिङ कोचका रूपमा अभिनय सिकाएर सघाउनेछन्। फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पाश्र्वसंगीत रहनेछ।

प्रतिक्रिया दिनुहोस्