बाणले ज्यान लियो



वर्लिन,(एजेन्सी)
मध्यकालिन युद्ध कौशल प्रति उत्सुकता राख्ने दुईजना जर्मनको मुटु नै छेडने गरी भएको बाण प्रहारबाट ज्यान गएको छ । त्यसैगरी घाँटीमा बाण आरापार भएका अर्को तेश्रो व्यक्ति सिकिस्त घाइते भएको मंगलवार जर्मन संचार माध्यमले जनाएको छ ।

शनिवार बाभारिया स्थित एउटा होटेल कक्षमा तीनवटा अत्याधुनिक धनुष बाणसंगै ति तीनजनालाई प्रहरीले फेला पारेको हो । एकजना महिला र अर्को पुरुष छातीमा बाण धसेको र हात समाएर बसेको मृत अवस्थामा फेलापरेका थिए भने घाँटीमा बाण लागेका अकी एक महिला भुँइमा लडेका अवस्थामा थिइन् ।

प्रतिक्रिया दिनुहोस्