मनाङ जित्ने लक्ष्यमा



काठमाडौं, (नेस)
मनाङ मस्र्याङदी क्लबले एएफसी कपको समूह चरणको चौथो खेल भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध आज खेल्दैछ । प्रतियोगितामा बनिरहन मनाङलाई योे खेल जित्नै पर्ने दवाव छ । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान विराज महर्जनले ३ अंक बटुल्ने लक्ष्य रहेका बताएका छन् ।

यसअघि आफ्नै मैदानमा भएको खेलमा मनाङ बंगलादेसको अवानी टोलीसँग पराजित भएको थियो । त्यस्तै मिनर्वाविरुद्ध भने अवे खेलमा नेपाली टोलीले २–२ बराबरी खेलेको थियो । यसैले पनि विराजले आफ्नै घरेलु मैदानमा मिनर्वालाई हराउने सक्ने आस लिएका छन् । मनाङको ३ खेलबाट एक अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्