सरकार कसरी नालायक ?



आगामी आर्थिक वर्षको बजेट साँझ विहान भएको छ । अर्थात् बजेट पेश हुने दिन नजिकिएको छ । इतिहासकै शक्तिशाली भनिएको सरकारले ल्याउने बजेटतर्फ सबैको ध्यान चित्त तानिएको छ ।

सबै तह र तप्कामा बजेटको चासो फैलिएको छ । कर्मचारीलाई तलब बढ्ला नबढ्ला भन्ने चिन्ता, जेष्ठ नागरिकलाई बढ्ने भनिएको भत्ताको चासो, मध्यम आयस्तर भएकालाई घर खर्च र महंगी बढ्ने चिन्ता । ‘भने जस्तो तलब बढेन भने चुनावमा जान्या छ’–कर्मचारी आफ्ना दौतरीसँग यस्तै तर्क गरिराख्या भेटिन्छन् ।

‘अब त बढ्ला नि बाबु’– उनका बा आमाले यस्तो भन्न थाल्या महिनौ भयो । आम नेपालीको चासो बुझ्न धरहराले सिंहदरवारतर्फ दुरविन सोभ्याउँदा थाहा भयो यसपटक पैसो धेरथोर बढ्छ । कर्मचारीको तलब अधिकतम् २५ प्रतिशत र बृद्धभत्ता एक हात्ति थप्ने कुरो अर्थ मन्त्रालय वरिपरि सुनियो ।

शारिरिक रुपमा असक्त, एकल महिला, ६० बर्ष पुगेका कर्णालीबासी, कर्णाली प्रदेशका बालबालिका, दलित, पीछडीएका जाति र समुदाय लगायतले पाउँदै आएको भत्ता बढ्ने निधो छ । विगतमा पटक–पटक प्रतिवद्धता ग¥या सरकारले यति गर्ने भएसी कस्ले भन्छ सरकारलाई इतिहासकै नालायक र असफल ?

नेपालले पाउँदै आएको बैदेशिक ऋण र अनुदान चाहिँ कति प्रतिशतले बढ्ने हो कुन्नी ? देशी विदेशी तत्व सक्रिय हुँदा मुलुकले आर्थिक छलाङ मार्ने कुरो चाहिँ कुरो अर्को चुनावसम्म धकेलिने पो हो कि ?

प्रतिक्रिया दिनुहोस्