सिंहदरबारको केन्द्रीय डाटा अब हेटौंडामा पनि



नेपाल समाचारपत्र, हेटौंडा
सरकारले हेटौंडाको हुप्रचौरमा निर्माण भएको डिजास्टर रिकभरी केन्द्र स्थापना गरेको छ । केन्द्रको उद्घाटन सञ्चारमन्त्री गोकुल बा“स्कोटाले गर्नुभयो ।

काठमाडौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रुपमा हेटौंडा–४ को हुप्रचौरमा स्थापना गरिएको डाटा सेन्टरको उद्घाटन गरिएको हो । डाटा सेन्टर निर्माण भएर परीक्षणका रुपमा काम शुरु गरिएको थियो । नगर विकास समितिको १० कट्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको हो ।

सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहु“दा राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत् सरकारी एकीकृत डाटा केन्द्र प्रभावकारीढंगले सञ्चालनमा आउन नसकेको प्राविधिकले बताएका छन् । डाटा सेन्टरलाई प्रभावकारी सञ्चालनका निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोरियाको सहयोगमा हेटौंडामा डाटा सेन्टर निर्माण गरेको हो ।

मुलुकको महŒवपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप, मानवीय त्रुटिमा समेत नष्ट नहोस् भनेर रिकभरी साइट बनाइएको हो । यस्ता साइट मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधार सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौंडालाई रोजिएको हो ।

सेन्टरमा सिंहदरबारको डाटा राखेर परीक्षण गरिसकिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को ३७ करोड लागतमा ठेक्कामार्फत् सेन्टर निर्माण सकिएको हो । १९ जना कम्युटर इञ्जिनियरलगायत प्राविधिक कर्मचारी छनोटको काम सकिएको र केही दिनमा ती कर्मचारीले काम शुरु गर्नेछन् ।

भूकम्पपछि केन्द्र निर्माणलाई बढी प्राथमिकता दिइएको हो । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरुको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने सरकारी भनाइ छ ।

नेपाल आदर्श कम्पनीले काम शुरु गरेको १८ महिनामा भवन निर्माण सम्पन्न गरेको हो । हेटौंडामा निर्माण भएको डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयको रुपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगस“ग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, इप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, इकस्टमलगायत ईसेवा सञ्चालन हुनेछन् । कोइकाले सबै निर्माण पूरा गरेर केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

केन्द्र राख्नका निमित्त पोखरालाई वैकल्पिक स्थान छानिए पनि काठमाडौं र पोखराको बीचमा धेरै कुरामा समान भौगोलिक क्षेत्र, एकमात्र स्थलमार्ग र कमजोर भूधरातलीय बनोट भएकाले हेटौंडा उपयुक्त देखिएको हो । काठमाडौंको केन्द्रमा सुरक्षा सबल र २४ सै घण्टा विद्युत् आपूर्ति सेवा उपलब्ध भए पनि भूकम्पीय जोखिमबाट तथ्यांकलाई सुरक्षित राख्न काठमाडौंभन्दा फरक भूधरातल तर काठमाडौंबाट सहज आवागमनको ठाउ“ भएकाले अन्यत्रभन्दा हेटौंडा उपयोगी हुने देखिएको हो ।

नागरिकका सम्पूर्ण सूचना केन्द्रिकृत हुने केन्द्रमा स्मार्टकार्ड, भूमि सुधारसम्बन्धी कागजपत्र, लोकसेवा, चालक अनुमतिपत्र, भन्सार, एमआरपीलगायत राज्यका अतिआवश्यक तथ्य र तथ्यांक संग्रह गरिनेछ । यस्ता तथ्यांक राज्य र नागरिकको अमूल्य सम्पत्ति हुने हु“दा एक ठाउ“मा कारणवश क्षति पुगे प्रशस्त नोक्सानी सहनुपर्ने भएकाले विशेषतः काठमाडौंमा हुनसक्ने भुकम्पीय जोखिमबाट तथ्यांक सुरक्षित राख्न हेटौंडामा एकीकृत सूचना केन्द्र राख्ने पहल गरिएको थियो ।

प्राकृतिक वा मानव सृजित विपत्तिको समयमा सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेका सरकारी तथ्यांक एवम् सूचना नाश हुनबाट जोगाउने केन्द्र निर्माणका लागि कोरियाले सहयोग गरेको हो । सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रले समेत प्रयोग गर्नसक्ने तथ्यांक र सोसम्बन्धी सूचना एकीकृत गर्ने उद्देश्य राखेर विज्ञान तथा प्रविधि मन्त्रालयले कोइकाको सहयोगमा केन्द्र स्थापनाका लागि जग्गा छनोट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्