नेपाल–भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्स्पो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघद्वारा भारतीय राजदूतावास र पे्रmन्चाइज इण्डियाको सहकार्यमा काठमाडौमा नेपाल–भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्स्पो एन्ड कनकेल्भ आयोजना हुने भएको छ ।

कार्यक्रमको पहिलो दिन बुधबार विभिन्न विषयमा दुवै देशका उद्यमी व्यवसायीको सहभागितामा बृहत् छलफल हुने छ । पहिलो सत्रको द न्यू रोडम्याम्प फर बिल्डिङ विजनेस एन्ड इन्टरप्रेनरसिप इन नेपाल एफएनसीसीआईका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र फ्रेन्चाइज इण्डियाका सम्पादक रितु मारियाले, दोस्रो सत्रको ह्वाट मेक्स् नेपाल अ ग्रेट विजनेस डेस्टिनेसन विषयमा क्लब हिमालयका अध्यक्ष एवं पर्यटन व्यवसायी योगेन्द्र शाक्य, हाभेल्स इण्डिया लिमिटेडका अध्यक्ष अनिल भैसन, गयाम मोटर्स वक्र्सका प्रमुख कार्यकारी राजा गयाम, बान्धाम होटल एन्ड रिसोर्टसका वरिष्ठ निर्देशक (विकास) गोविन्द मुन्द्राले आ–आफ्ना व्यवसायिक अनुभव आदान प्रदान गर्नु हुनेछ ।

त्यस्तै तेस्रो सत्रको विजनेस अर्पच्युनिस्टी इन रिटेल विजनेसेज विषयमा खल्ती डटकमका सीईओ अमित अग्रवाल, डा. मिलानोका व्यवस्थापन निर्देशक शाहिल मलिक, लान्सकर्टका सहसंस्थापक अमित चौधरी, वेस्ट सेलर इण्डिका प्रताप स्वरुप, रिटेलले, चौथो सत्रमा विजनेस अर्पच्युनिस्टिज इन लाइफ स्टाइल एन्ड एक्सपियरिन्टल ट्रेड एन्ड सर्भिसेज विषयमा टोटलका सीइओ शिक्षित भट्ट, सियाराम शिल्क मिल्सका उपाध्यक्ष जसभिन्दर अरोरा, यूक्लिनका संस्थापक अरूनभ सिन्हा, फ्रेन्चाइज विजनेस ओपरेशनका क्षेत्रिय प्रमुख कपिलदेभ बुधराजाले र पा“चौं सत्रमा बबरमहल रिभिजिटेडका अध्यक्ष विराट शम्शेर जवरा, क्लोभियाका प्रमुख कार्यकारी पंकज भर्मानीले आ–आफ्ना व्यवसायिक अनुभव आदान प्रदान गर्नुहुनेछ ।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धनमार्फत बिभिन्न ब्रान्डमा लगानी गर्ने अवसर सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको हो । दुई दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले एक्स्पोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन् । एक्सपोले व्यवसायमा सीधा र अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिलाई सहभागी हुन समेत आकर्षित गर्नेछ भने व्यावसायिक सञ्जाल विस्तार र लगानी आकर्षणमा समेत यो कार्यक्रम महŒवपूर्ण माध्यम बन्न सक्ने विश्वास प्रकट गरिएको छ ।

एक्सपोमा विभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेसन, फुड र भेवरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसाय रहने छन् ।

सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता हुनेछ । एक्स्पोमा नेपालबाट अग्नि ग्रुप, टिव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रिम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस प्रालि, शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहने छ ।

त्यसैगरी भारतीय व्रान्डहरूमा नाइन किड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाय गरम, कपर चिम्नी, युक्लिन लगायतका रहने छन् । कार्यक्रममा दुवै देशका गरी करिब ६० वटा व्रान्डहरूले भाग लिनेछन् ।

कार्यक्रमको पहिलो दिन नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नया“ मार्गचित्र, नेपाललाई केले विशाल व्यावसायिक गन्तव्य बनाउन सक्छ, खुद्रा व्यवसायमा व्यावसायिक अवसर लगायतका पा“च विभिन्न विषयमा दुवै देशका सफल व्यवसायीहरूले आ—आफ्ना अनुभव आदानप्रदान गर्ने छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहु“दै महासंघका अध्यक्ष भवानी राणाले उद्यमशीलतामा इच्छुक र व्यावसायिक अवसर मा लगानी गर्न रूची भएका अन्तराष्ट्रिय ब्राण्डहरूस“ग सहकार्यको अवसर खोजिरहेकाहरूका लागि ध्यानमा राखी महासंघले यो सम्मेलन आयोजना गर्ने जमर्को गरेको बताउनुभयो ।

उहा“ले नेपालमा रहेका व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क बढाउनका लागि सहायता र सजिलो गेटवेको प्रारम्भ गर्न महासंघको सदैव सहयोग रहने समेत उल्लेख गर्नुभयो ।

कार्यक्रमा भारतीय राजदूतावासका कमर्स सेक्रेटरी कपिलध्वज प्रताप सिंहले नेपालको आर्थिक व्यावसायिक विकासको अभियानमा सहयोग पु¥याउने प्रयास स्वरुप भारतीय राजदूतावास, फ्रेन्चाइज इण्डिया र महासंघको पहलमा यो कार्यक्रम आयोजना हुन लागेको स्पष्ट पार्नुभयो ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रमबाट नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षण, व्यावसायिक सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय ब्राण्डहरूसं“ग नेपाली ब्राण्डहरूको सहकार्यको सम्भाव्यता, नेपाली ब्राण्डहरूलाई स्तरोन्ती गर्न सहयोग पुग्ने, प्रविधि, सीप तथा विकासको मोडल भित्रन सक्ने, लगानीको वातावरण बन्ने र रोजगारी सृजनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्