असान्ज विरुद्धको मुद्दा पुनः खोलियो



स्टकहोम,(एजेनसी)
स्विडेनी कानुनविदहरुले सोमवार विकिलिक्सका सह – संस्थापक जुलियन असान्ज माथि सन् २०१० मा वलात्कारको अभियोगमा लगाइएको मुद्धा पुन शुरु गरेको छ । पिडित पक्षको वकिल वकिलका ेअनुरोधमा त्यस सम्बन्धित अनुसनधान पुन थालिएको हो ।

आफु माथि लगाइएको यो अभियोग शुरु देखि न ैअस्विकार गदै आएका असान्जले आफुलाई स्विडेन समक्ष सुपुर्दगी गरिने डरले सन् २०१२ देखि वेलायतको राजधानी लन्डन स्थित इक्वेडरको दरतावासमा शरण लिएर बसेका थिए ।

४७ वर्षिय असान्जलाई गत महिना वेलायतको एक अदालतले आफ्नो जमानतको शर्त उल्लंघन गरेको अभियोगमा पचास साता लामो कारावास संजाय सुनाइएको थियो । अहिले उनी लन्डनको बेल्मार्स कारागारमा थुनिएका छन् । असान्ज इक्वेडर दुतावासमा लामो समय देखि लुकीरहेकोले मुद्धालाई निरन्तरता दिन नसकिने भन्दै दुई वर्ष अघि स्विडेनी कानुनविदहरुले वलात्कारको अनुसनधान रोक्ने निर्णय गरेका थिए ।

तर स्विडेनको सोमवार सार्वजनिक मुद्धा मामिलाका उप निर्देशक एभा म्यारी पेस्र्सनले मुद्धा पुन खालिने घोषणा गरेकी थिइन् । उनले भनेकीछिन् , ‘ अझैपनि असान्जले वलातकार गरेको हुनसक्ने संभावनाको कारण बाँकी नै रहेको छ । अब उनले इक्वेडरको दुतावास छाडिसकेकाले परिस्थिती नै परिवर्तन् भइसकेको छ ।

त्यसैले मुद्धा पुन चलाउन सकिने  वातावरण देखिएको छ । ’ अमेरिकाले पनि सन् २०१० मा विकिलिक्स मार्फत सैनिक र कुटनैतिक गोप्य विवरणहरु साजर्वजनिक गरेको कारण असान्ज माथि कारवाही अघि बढाउन उनलाई वेलायतबाट सुपुर्दगी गराउने प्रयास गरिरहेको हो । अष्ट्रेलियामा जन्मेका असान्ज माथि अमेरिकामा कम्युटरको दुरुपयोग गरी जालसाजी काम गरेको अभियोग लाग्न सक्छ ।

अमेरिकी इतिहासमै पहिलो पटक ठूलो परिणाममा संवेदनशिल सरकारी दस्तावेज चुहावट गरेको अभियोग सिद्ध भएके खण्डमा उनलाई अधिकतम पााच वर्ष लामो कारावास संजाय हुन सक्ने बुझिएको छ । तर विकिलिक्सले आफु विरुद्धको वलात्कारको मुद्धा पुन शुरु भएको अवस्थामा उनले आफुलाई निर्दोष सावित गर्ने अवसर पाउने कुरा एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्