सपनाले दस लाख डलर दिलायो



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाका एकजना पुरुषले १३ वर्ष अघि सपनामा देखेको नम्वरको आधारमा किनेको चिठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाइएका ति मानिसले एक रात सपनामा देखेका ति संख्याको चिठा लगातार किन्द ैआएके बताएका छन् ।

उनले खुशी हुँद ैभनेका छन् , ‘ मैले मेरोटिकट अनलाइन मार्फत जाँचेपछि आफुलाई चिठा परेको खवर थाहा पाएको हुँ । मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेथेँ ।

मलाई एक दिन यि संख्यामा चिठा पर्ने पूर्ण विश्वास थियो । ’
साथै उनले विगतमा पनि सोही नम्वरमा आफुलाई सानो परिमाणका चिठाहरु परिसकेको बताएका छन् । उनले यि आफ्नो भाग्शाली संखया भएकाले अझैपनि सोही नम्वरको चिठा किन्न नछोड्ने पनि बताएका छन् ।

उनले यो भाग्यशाली चिठा तास्मानियको इस्ट डाभेनपोर्ट न्युसाजेनसीमा किनेका थिए । विश्वमा यसरी सपनामा देखेको नम्वरको आधारमा कसैलाई चिठा परेको यो पहिलो पटक भने होइन । यसै महिनाका ेशुरुमा संयुक्त राज्य अमेरिकामा एकजना महिलाले एकजना पुरुषले सपनामा देखेको भनी दिएको नम्वरबाट किनिएको चिठाबाट १ लाख १६ सय अमेरिकी डलर जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्