रिसोर्टमा कुकुरले टोक्दा महिलाको मृत्यु



ओस्लो,(एजेनसी)
फिलिपिन्समा एउटा भुस्याहा कुकुरको छाउराको टोकाईबाट रेबिज सरेका एकजना नर्वेली महिलाका मृत्यु भएको छ । २४ वर्षिया बिर्जिट क्याल्लेस्टाड नामक ति महिला आफ्ना साथीहरुसंग बिदा मनाउन फिलिपिन्स गएको उनको पारिवारिक सुत्रले जनाएको छ ।

बाटोमा भेटेको छाउरालाइ तिनीहरुले आफ्नो रिसोर्टमा लग्दा उनलाई त्यसले टोकेको थियो । नर्वे फर्केपछि बिरामी परेकी उनको आफुले काम गर्ने अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो ।

दुइ सय वर्ष भन्दा लामो समयपछि नर्वेमा रेबिजक ैकारण ज्यान गुमाउने उनी पहिलो व्यक्ति भएको अस्पतार सुत्रले जनाएको छ । उनको परिवारले छाउराले जिस्किँद ैगर्दा अचानक टोकिदिँदा सानो घाउ भएकाले उनले सामान्य उपचार मात्र गराएको बताएको छ ।

नर्वे फर्केपछि पनि आफ्नो उपचारका लागि उनले धेरै पटक अस्पतालको इमर्जेन्सी कक्षमा धाएपनि डाक्टरहरुले समगमै उनको स्वास्थ समस्या पहिचान गर्न नसकेको बताइएको छ । उनले जनावरहरुलाई हुरुक्क ैभएर माया गर्ने गरेको र यसरी मायालु मन हने अरु कसैलाई यस्तो बिजोग नपरोस् भनेर उनको परिवारले कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्