हयारी पत्नी मार्कलका पूर्वपति एन्जलसनको विवाह



लस एन्जलस (एजेन्सी)
बेलायतका राजकुमार ह्यारीकी पत्नी मेगान मार्कलका पुर्व पतिले यसै सप्ताहन्तमा क्यालिफोर्नियाको एक भब्य समारोहमा पुनविवाह गरेका छन् । आफनी पुर्व पत्नी शाही सदस्य बनेको एक बर्षपछि उनले विवाह गरेको हो ।

राजकुमार ह्यारीसँगको वैबाहिक जीवनमा डचेस अफ ससेक्स आफनो पहिलो मातृत्व अनुभवको आनन्द लिइरहँदा अर्को तर्फ उनका पुर्व पति ट्रेवोर एन्जेल्सनले पनि आनाो जीवनको नयाँ अध्याय थालेको छ ।

एन्जलसनले मार्कलसँग सन् २०११ विवाह गरेका थिए , तर उनीहरुबीच त्यसको दुई बर्ष पछि नै सम्बन्ध विच्छेद भएको थियो । ४२ बर्षिय हलिवुड निर्माता तथा निर्देशकले ३१ बर्षिय पौष्टिक आहारविद ट्रेसी कुल्र्यान्डसँग पुनविवाह गरको हो । कुल्र्यान्ड करोडौं डलर सम्पतीका उत्तराधिकारी पनि हुन् ।

उनीहरुको विवाह कलाकारहरुको माझमा अत्यन्त लोकप्रिय रहेको मान्टेसिटो स्थित रोजवुड मिरामार विच रिसोर्टमा भएको हो । उनीहरुबीच सन् २०१७ देखि डेटिङ हुँदै आइरुहेको र गत जुनको अन्त्यतिर नेपा भ्यालीमा इन्गेजमेन्ट भएको थियो ।

एन्जलसन र मार्कलको विवाह जमैकाको एक बिच रिसोर्टमा भएको थियो । तर दुई बर्षपछि नै मतभेदका कारण पुन मिलापको सम्भावना अन्त्य गर्दै सम्बन्ध विच्छेदमा पुगे । सन् २०१३ अगस्टमा उनीहरुबीचको वैवाहिक सम्मन्ध समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्