आर्मी हाइ अल्टिच्युड एडभेन्चरमा पहिलो



काठमाडौं, (नेस)
त्रिभुवन आर्मी क्लबको ए टोलीले दोस्रो प्रधानसेनापति हाइ अल्टीच्युड ट्राइ एडभेन्चर प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ। २० टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा आर्मीले २०.२ किमी दुरी १ घण्टा १९ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै शीर्ष टोली बनेको हो । तीन विधा भएको क्लाइम्बिङ १ सय मिटर, ४.७५ किमी दौड र १५.३५ किमी साईक्लिङमा प्रतिस्पर्धा भएको हो ।

दोस्रो स्थानमा रहेको नेपाल एपीएफ क्लबले १ घण्टा १९ मिनेट ५२ सेकेण्डको समय लिएको थियो । त्यस्तै आर्मीकै बी टोलीले १ घण्टा २४ मिनेट १९ सेकेण्ड समयसँगै तेस्रो स्थान प्राप्त ग¥यो ।

महिलातर्फ भने एपीएफको टोलीले १ घण्टा ४५ मिनेट ५४ सेकेण्डको समयसँगै पहिलो स्थान हासिल ग¥यो । हिमालयन गोर्टस टोलीले १ घण्टा ५२ मिनेट ३० सेकेण्डसँगै दोस्रो र आर्मीले १ घण्टा ५३ मिनेट १६ सेकेण्डसहित तेस्रो स्थान हात पारेका थिए ।

नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ शीर्ष तीन हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार तथा महिलातर्फ शीर्ष तीनले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्