माइक्रोफोेन होइन गोर्खे लौरी



खुकुरी भन्दा कर्द लाग्ने । खुकुरीलाई कमजोर बताउन÷बुझाउन यो उखान चल्तीमा आएको हो क्यार । अर्थात् अभिभावक भन्दा छोराछोरी जान्ने बुझ्ने, मास्टर भन्दा विद्यार्थी जान्ने बुझ्ने । यस्तै उदाहरण पत्रकारिता अभ्यासमा पनि छेलोखेलो भेटिन्छ ।

एक टेलिभिजनकर्मीले मन्त्रीलाई सोध्या प्रश्न र मन्त्रीले प्रश्नको जवाफ नदिई अन्तवार्तास्थल छोड्या भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भा’छ । यही दृश्यले खुकुरी र कर्दको उखान सम्झन बाध्य बनाएको छ । मन्त्रीलाई अन्तर्वाताका लागि अनुरोध गर्ने अनि अन्टसन्ट प्रश्न सोध्ने, तपाई जवाफ दिन सक्नुहुन्न भने स्टुडियो छोडेर जानुस् भन्ने तर्क गर्ने टेलिभिजनकर्मीलाई के भनौ र खै ?

पत्रकार र सञ्चारकर्मी फरक हुन् । सबै पत्रकार सञ्चारकर्मी हुन् तर सबै सञ्चारकर्मी पत्रकार होइनन् । दर्शक श्रोतासँग टेलिफोनमा हाइ हेलो गर्दै चिया खानु भो, खाना खानु भो भन्दै रेडियो टिभीमा गीत संगितको कार्यक्रम चलाउने, अन्तर्वाता लिनेहरु पत्रकार होइनन् । धरहराले बुझ्या यही हो । ती पत्रकारले पढ्या विश्वविद्यालय र उनले लिएको तालिमस्थल अनि उनका प्रशिक्षक बुझ्नै पर्ने भो ।

अब यस्तै हो भने अन्तर्वाता लिनेले स्टुडियोमा माइक्रोफोन मात्रै होइन बासको लौरो पनि साथै राख्ने भए । ‘मैले सोध्या प्रश्नको जवाफ फटाफट दे हैन भने गोर्खे लौरी भेट्छस्’ भन्दै लौरो सोभ्याए भने ?

प्रतिक्रिया दिनुहोस्