एनएमबि बैंकद्वारा सहयोग



कँठमाडौं, (नेस)
एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तुको मायादेवी गाउ“पालिकामा रहेका सामुदायिक विद्यालयलाई ६६ थान डष्टविन प्रदान गरेको छ ।

उक्त अवसरमा शहरी विकासमन्त्री मोहमद इतियाद राई, गाउ“पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतको उपस्थित थियो ।

त्यसैगरी बैंकको चन्द्रौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिवराज नगरपालिकाका आगलागी पीडितलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुललगायतका सामान प्रदान गरेको छ । सो अवसरमा संघीय संसदका सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलगायतको उपस्थिति थियो ।

राहत सामग्री बैंकका प्रदेश नं. ५ का मेनेजरद्वय दिविर विक्रम शाह र कमल न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्