सन्नी लियोनी यसरी बनेकी रहिछन् पोर्न स्टार



काठमाडौं । बलिउड नायिका सन्नी लियोनी आजबाट ३८ वर्षमा प्रवेश गरेकी छिन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् ।

सन्नी १३ वर्षको हुदाँ उनको परिवार अमेरिका बसाई सरेको थियो । जब सन्नी १९ वर्षकी थिइन्, त्यो समय उनले जागिर शुरु गरेकी थिइन् । एक बेकरीमा उनी वेटरका रुपमा काम गर्थिन् । पछि टेक्स एन्ड रिटायरमेन्ट फर्ममा नर्सका रुपमा काम गरिन् । त्यहाँ काम गर्दा एक साथीले उनलाई फोटोसुटको अवसर पनि दिलाए ।

सन्नीले पेन्टहाउस नामक म्यागजिनका लागि एडल्ट तस्विर खिचाएकी थिइन् । उनको उक्त न्युड तस्विर निकै भाइरल भयो । त्यसपछि सन्नीलाई धेरै ठाउँबाट अफरहरु आए । उनलाई त्यही समयमा पोर्न चलचित्रबाट पनि अफर आएको थियो ।

उक्त फोटोसुटपछि उनी २००३ मा ‘विविड इन्टरटेन्टमेन्ट’ नामक प्रोडक्सन हाउसमा अनुबन्धित भइन् । उनी त्यहाँ ३ वर्षको लागि अनुबन्धित भएकी थिइन् । त्यो समयमा उनले ३ दर्जनका हाराहरीमा पोर्न चलचित्रमा काम गरिन् । उनले पोर्न चलचित्रबाट नै धेरै पटक अवार्ड समेत पाएकी छिन् ।

सन्नी लियोनी चर्चित रियालिटी शो ‘बिग बोस’ मा सहभागी भएकी भइन् । उक्त शोबाट नै उनलाई बलिउड प्रवेशको ढोका खुलेको थियो । उनले सहभागिता जनाउँदा निर्देशक महेश भट्ट पनि शोमा अतिथीको रुपमा पुगेका थिए ।

महेशले सो समयमा नै ‘जिस्म २’ का लागि सन्नीलाई अफर गरेका थिए । ‘जिस्म २’ बाट बलिउडमा प्रवेश पाएकी सन्नीले त्यसपछि धेरै चलचित्रमा काम गरेकी छिन् । विभिन्न ब्राण्डको विज्ञापनमा पनि उनको उपस्थिति बाक्लो छ । अझ कुनै समय चलचित्रको आइटम गीतमा त सन्नी पहिलो रोजाई बन्ने गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्