पाइलटको कुशलताले विमान दुर्घटना हुनबाट जोगियो



यांगुन (एजेन्सी)
म्यान्मार एयरलाइन्सको एक विमान पाइलटको कुशलता र सुझबुझका कारण ठुलो दुर्घटना हुनबाट जोगिएको छ । उक्त विमानको ल्यान्डिंग गियरले काम गर्न बन्द गरेको थियो तर पाइलटले आफनो अुनभव र कुशलता देखाउँदै सुरक्षित अवतरण गरे ।

विमानको ल्यान्डिंग गियरमा आएको समस्याका कारण अवतरणका लागि अघिल्लो पांग्रा खुल्न सकने । पाइलटले पछाडीको पांग्राको सहयोगमा अवतर गराए । पाइलटको कुशलताको एयरलाइन्स अधिकारीहरुले पनि गरिरहेका छन् ।

म्यानमार नेसनल एयरलाइन्सले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यांगुनबाट विमान मन्डालेका लागि उडेको थियो । मन्डाले विमानस्थलमा अवतरण गर्ने क्रममा पाइलटले ल्यान्डिंग गियर अगाडी तान्न सकिरहेको थिएन । पाइलट क्याप्टेन मयात मो आंगले विमानस्थ नजिकै २ पटक अवतरण प्रयासमा ल्यान्डिग गियर तल आयो वा आएन जाँचेका थिए ।

अवतरणमा समस्या देखिएपछि पाइलटले आपतकालिन सुरक्षा उपाय अपनाए । पाइलटले विमानलाई अवतरण पुर्व इन्धन सकाउन र विमानको भार कम पार्न केहि समयसम्म उडान गरिरहेका थिए । विमान अवतरणका क्रममा केही दुरीसम्म विमान घिस्रिएको र हल्का धुवां पनि निस्केपछि अवतरण हुन सकेको एक वरिष्ठ अधिकारीले बताए ।

विमान अवतरण लगत्तै चालक दलका सदस्यहरुले सबै यात्रुलाई आपातकालिन ढोकाबाट निकालेका थिए । यात्रुहरुलाई निकाल्ने प्रक्रिया सुचारु रुपमा भएको र कसैलाई चोट नलागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्