भारतमा छैठौं चरणकाे मतदान सम्पन्न



नयाँदिल्ली (एजेन्सी)
भारतको लोकसभा चुनावको छैठो चरणमा आइतबार ७ राज्यमा सम्पन्न मतदानमा ५९ दशमलव ७ प्रतिशत मत खसेको बताइएको छ । सबैभन्दा धेरै मतदान पश्चिम बंगालमा भएको र त्यहा साँझ ६ बजे सम्ममा ८० दशमलव १३ प्रतिशत मतदान भएको छ ।

झारखण्ड, मध्यप्रदेश र हिरयाणामा पनि ६० प्रतिशत भन्दा धेरै मतदान भएको छ । झारखण्डमा ६४ दशमलव १३ प्रतिशत, हरियाणामा ६२ दशमलव १४ प्रतिश र मध्य प्रदेशमा ६० दशमलव १२ प्रतिशत मतदान भएको छ ।

त्यसैगरी राजधानी दिल्लीमा ५५ दशमलव ४४ प्रतिशत मतदान भएको छ भने उत्तर प्रदेशमा ५० दशमलव ८२ प्रतिशत र विहारमा ५५ दशमलव ०४ प्रतिशत मतदान भएको बताइएको छ ।

लोकसभाको छैंथौं चरणमा ६ राज्य र दिल्लीका ५९ सीटका लागि मतदान भएको हो । यसमा उत्तर प्रदेशको १४, हरियाणाको १०, मध्यप्रदेश र विहारका ८–८, दिल्लीको ७ र झारखन्डको ४ सिटका लागि मतदान भएको हो । मतदान शान्तिपुर्ण रहेको चुनाव आयोजले जानकारी दिएको छ ।

यस चरणको चुनावमा समाजवादी पार्टी प्रमुख अखिलेश यादव, केन्द्रि मन्त्री मेनका गान्धी, राधामोहन सिंह, हर्षबर्धन, ज्योतारादित्य सिंधिया जस्ता दिग्गज अनुहारका चुनावी भाग्यको फैसला हुने छ ।

प्रतिक्रिया दिनुहोस्