बिच भलिबल जेठ अन्तिम साता



काठमाडौं, (नेस)
नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता जेठको अन्तिम साता पोखरामा हुने भएको छ ।

कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने उक्त प्रतियोगिता जेठ २३ देखि २५ गते सम्म हुने बताइएको छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लब) का महिला र पुरुषमा समान २÷२ टोली गरि ४० टोलीले प्रतिस्पर्धा गर्ने संघका महासचिव जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।

दुवैतर्फका विजेताले समान ३० हजार, दोस्रो टोलीले २० र तेस्रो हुने टोलीले १० हजार रुपैया प्राप्त गर्नेछन् । आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश हुने बिच भलिबलको तयारीका लागि संघले यो प्रतियोगिता गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्