कर्तव्य पूरा नगरी अधिकार माग्न मिल्दैन- अनुष्का श्रेष्ठ



रश्मी थापा
बिहीबार कीर्तिपुरस्थित लेब्रोटरी स्कुलको प्रांगणमा सम्पन्न २५औं संस्करको मिस नेपाल वल्र्डको उपाधि काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठले चुमेकी छिन्। मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अस्ट्रेलियावासी अनुष्काले मिस नेपाल वल्र्ड २०१९ को उपाधि चुमेकी हुन्।

कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माद्वारा सोधिएको ‘हामीले अधिकारभन्दा कर्तव्यलाई ध्यान दिने हो भने यो संसार राम्रो बन्न सक्छ होला, तपार्इं यसमा के भन्नुहुन्छ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि चुमेकी हुन्। ‘म यस कुरासँग पँर्ण सहमत छु। अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन्। हामीले आफँ के गर्दै छौं भन्ने कुरा बढी महŒवका साथ हेर्नुपर्छ। हरेक दिन हामीले ऐनामा हेरेर आफैलाई सोध्नुपर्छ कि के हामीले आफ्नो कतव्र्य पँरा गरेका छौं कि छैनौं’, निर्णायक मण्डललाई खुसी पार्ने निर्णायक प्रश्नमा उनको जवाफ थियो– ‘जबसम्म हामी आफ्नो कर्तव्य पँरा गर्दैैनौं, तबसम्म हामीले आफ्नो अधिकार माग्न मिल्दैन। जब आफ्नो कर्तव्य पँरा गर्छौं, तब मात्र आफ्नो अधिकारका लागि पनि लड्नुपर्छ र आवाज उठाउनुपर्छ।’


अनुष्कालाई गत वर्षकी मिस नेपाल वल्र्ड विजेता शृङ्खला खतिवडाले ताज पहिरिदिएकी थिइन्। अनुष्काले मिस इन्टेलेक्चुयल र फेस अफ फासिनोको अवार्ड पनि चुमेकी थिइन्। अबेर रातीसम्म चलेको प्रतियोगितामा काठमाडौंकी २३ वर्षीया प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स २०१९ को ताज चुम्न सफल भइन्। यससँगै प्रदिप्ताले मिस एथ्लिट र मिस ट्यालेन्टको अवार्ड पनि जितिन्। मिस नेपाल अर्थ २०१९ को ताज भने काठमाडौंकी २३ वर्षीया रिया बस्नेतले चुमिन्। उनी मिस पपुलर च्वाइसको अवार्ड पनि जित्न सफल भइन्।

प्रतियोगितामा यस वर्ष मिस नेपाल इन्टरनेसनल २०१९ का रूपमा भक्तपुरकी २३ वर्षीया मीरा कक्षपती चयन भइन्। मीराले मिस ब्युटीफुल हेयरको उपाधि पनि आफ्नो बनाएकी थिइन्। यसै गरी काठमाडौंकी २१ वर्षीया रोज लामा मिस नेपाल सुप्रानेसनल २०१९ विजेता बनिन्। रोजले मिस फोटोजेनिक तथा मिस ग्ल्यामरे अवार्डसमेत जितेकी थिइन्।

अनुष्का, प्रदिप्ता, रिया, मीरा र रोजले उपाधि जितेबापत २०१९ को संस्करणको क्रमशः मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल तथा मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

आयोजनाको रजत वर्ष पुगेको अवसरमा विशेषरूपमा सम्पन्न प्रतियोगिताको उत्कृष्ट १४ मा शिवानी घिमिरे, प्रथा अधिकारी, अनुष्का श्रेष्ठ, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, मीरा कक्षपती, नेन्सी बोगटी, रिया बस्नेत, रोज लामा, रक्षा उप्रेती, शुभेच्छा अधिकारी, नीतिका कर्माचार्य, जेनी महर्जन, निशा पाठक प्रवेश गरेका थिए।

रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत, मीरा कक्षपति, अनुष्का श्रेष्ठ र रक्षा उप्रेती उत्कृष्ट सातमा परे भने प्रत्येक सुन्दरीले निर्णायकले सोधेको प्रश्नको मौखिकरूपमा दिएको उत्तरका आधारमा मिस नेपाल २०१९ को विभिन्न विजेताको नाम घोषणा गरिएको थियो। १२ उपउपाधि रहेको प्रतिस्पर्धामा नीतिका कर्माचार्य ब्युटी विथ पर्पस, न्यान्सी बोगटी मिस फ्रेन्डसिप, जेनी महर्जन मिस बेस्ट नेचुरल स्किन र निशा पाठक मिस कन्फिडेन्ट अवार्डको विजेता भएका थिए।

प्रतिक्रिया दिनुहोस्