कपुरी कपछि ताराबाजी लै लै



गायक सुनील कटुवाल र गायिका एन्जिला रेग्मीको युगल स्वरमा तारा बाजी लै लै बोलको नयाँ गीत सार्वजनिक भएको छ।

गीतमा शब्द र संगीत भीम बीसीको छ। शैलेन्द्र एम प्रधानले म्युजिक एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गरेकी छिन्। भिडियोमा कविताले प्रदीप लामा एन्ड द नेक्स्ड डान्स क्र्युसँग नृत्य गरेकी छिन्।

पवन सुस्लिङले खिचेको भिडियोको कोरियोग्राफी प्रदीप र प्रमोद भण्डारी मिलेर गरेका छन्। भिडियो निर्देशन भने प्रदीपकै छ। यसअघि सुनीलले एन्जिलासँगै कपुरी बोलको गीत बजारमा ल्याएका थिए। ‘गीत डान्सिङ फ्लेबरको छ। आशा छ, कपुरी कजस्तै माया पाउनेछु।’ –सुनील भन्छन्।

प्रतिक्रिया दिनुहोस्