बिकास बिरोधी नारा



संमृद्ध नेपाल सुखी नेपाली सरकारको नारा सुन्दा लाग्छ अव मुलुक एकै बर्षमा युरोपलाई पनि माथ गरिदिन्छ । सारा नेपाली केही समय यो नारामा रमाउ छन । सरकारपनि काम भन्दा नयां नयां नारा बनाउन तल्लिन हुन्छ । एक पछि अर्को नारा बालुवाटारबाट प्रस्फुटन हुन्छ । जनतामा केही समय भ्रम छर्न सरकार सफल पनि हुन्छ ।

तर काम भने कुन्नी के भनेको जस्तो हुन्छ । संमृद्ध नेपालको नारा अहिले चावहिल तिर हेर्ने हो भने त्यो पुरा भएको हो कि जस्तो लाग्छ । २ बर्ष अघि देखि पीच गर्नुपर्ने बाटो पीच नभएपछि जनता सडकमा निस्कन्छन सरकार ठेकेदारले लार्पवाही ग¥यो बाटो पीच गराइदेउ । तर सरकार ठेकेदारलाई कारवाही होईन जनतामाथि लाठी बर्साउन थाल्छ ।

हेर्दा फिल्मको दृष्य जस्तो देखिने त्यो लडाई झगडाले जनता के चाहान्छन सरकार के गर्न खोन्दै छ भन्ने प्रष्ट हुन्छ । धुलो धुवाबाट मुक्त गराइदेउ भन्दा जनतामाथि लाठी बर्षाउने सरकारलाई के भन्नु र खै ??? जनता जान्न चाहान्छन सरकार सुखी नेपाली समृद्ध नेपाल भनेको यही हो बिकास बिरोधीलाई तहलगाउ भन्दा जनतामाथि गोली ठोक्ने ।

प्रतिक्रिया दिनुहोस्