साप्ताहिक राशिफल: वैशाख २१ देखि २८ गतेसम्म



मेष
साताको शुरु आइतबारसम्म त्यति सन्तोषजनक छैन । छिमेकी–साथीभाइसँग विवाद, दुर्घटना, चोटपटक, रोगको भय, असफलता हुने देखिन्छ भने बाँकी सबै दिन उपलब्धिमूलक छन् । उपहार, सम्मान, पुरस्कार प्राप्तिको सम्भावना छ । व्यापार, ठेक्कापट्टा, पढाइ, खेलकुद आदिमा सफलता हासिल हुने, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता, फाइदाजनक भ्रमण, कार्य सफल हुने देखिन्छ ।

वृष
तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन । बाँकी दिनहरु शुभ फलदायक छन् । विविध वस्तु वा सेवाको प्राप्ति होला । आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ । तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ ।

मिथुन
साताको धेरैजसो दिनहरु शुभ छन् । शारीरिक स्फूर्ति बढ्नेछ । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति, हर्षविभोर हुनेछ । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । घरमा वा अन्यत्र भए पनि शुभकार्यममा सरिक भई मिष्ठान्न भोजन पाइनेछ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्न सक्छ ।

कर्कट
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ । तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ । पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ । राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ । थालनी गरिएका अधुरा काम पूरा हुनेछन् । नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ । शुक्रबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला ।

सिंह
तापाईंका लागि साताको शुरु शुभ फलदायक छैन । राज्य सञ्चालकको भय, मान–प्रतिष्ठामा आघात, व्यापारिक असफलता, कष्टदायक यात्राको सम्भावना छ । तर सोमबारबाट भने दिनहरु शुभ छन् । स्वस्थताको महसुस हुने, आफ्नो व्यवसायबाट पर्याप्त आम्दानी हुने, गुम्न लागेको धन हात लाग्ने सम्भावना छ । त्यस्तै रोजगारीको अवसर मिल्ने, परीक्षामा सफलता हासिल हुने देखिन्छ ।

कन्या
साता मिश्रित फलदायक छ । आइतबारसम्म द्रव्यलाभ, पराक्रम, उन्नति–प्रगति, मान–सम्मानमा वृद्धि, ठूलै उपलब्धिको सम्भावना छ । तर सोमबार र मंगलबार परिवार–इष्टमित्रमा विवाद सृजना हुने, व्यर्थमा दौडधुप हुने, दिनचर्या अस्तव्यस्त हुनेछ । त्यसपछिका दिनहरुमा भने गरेका कामहरु सफल हुने, लगानीबाट लाभांश पाइने, व्यापारिक कारोबारबाट लाभ मिल्ने, खेल–परीक्षा आदिमा सफलता मिल्नेछ ।

तुला
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन् । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला । राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ । प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न । तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ । दौडधुप, तनाव एवम् लखतरान परिएला । पारिवारिक विवाद हुन सक्छ ।

बृश्चिक
यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ । गरेका काम सफल हुने, कहीँ वंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरु खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला भएमा विजयको सम्भावना, पठनपाठनमा सफलता, राम्रै आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ । तर शुक्रबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने सम्भावना छ । सतर्क रहनुहोला ।

धनु
तपाईंका लागि साताको अधिकांश समय राम्रो फल दिनेवाला देखिन्छ । आइतबारसम्म उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, पारिवारिक विवादको सम्भावना छ । तर त्यसपछिका दिनहरु धेरै उपलब्धिमूलक छन् । कहीँबाट आफू र आफ्नो परिवारको अनुकूल शुभ समाचार सुनिने, गरेको काम सफल हुने, आर्थिक लाभ हुने, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ । आँटेको काम पूरा हुनसक्छ ।

मकर
साताको धेरैजसो समय उत्तम फलदायक छ । सोमबार र मंगलबार काममा बाधा–व्यवधान, धन र समयको नोक्सानी, स्वास्थ्यमा प्रतिकूल असर परे पनि अन्य सबै दिन शुभ छन् । विपरीतलिंगीसँको सम्बन्धमा प्रगाढता आउनेछ । कुनै सवारीसाधन वासम्पत्ति जोड्ने सम्भावना छ । कूटनीति, बोली, कार्यशैली आदिबाट राम्रै काम बन्ला । लाभदायक एवम् रोमाञ्चित यात्राको सम्भावना छ ।

कुम्भ
यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन् । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ । कतैबाट खाद्यान्न लाभ होला । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ । धन हानि, मान हानिको सम्भावना छ । धैर्य गर्नुहोला ।

मीन
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ । राज्यद्वारा दिइने सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरुपमा स्वस्थ भइनेछ । त्यस्तै बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ । सबैको वाहवाही हुने देखिन्छ । तर साताको अन्त्य शुक्रबार भने केही अस्वस्थता र तनाव नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्