दुई घर परिवारले पाए सोलार



धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमका एक गाँउका दुई परिवारले सोलार पाएका छन् । सानीभेरी गाउँपालिका वडा नं १० का २०० घरपरिवारलाई ५० वाटको सोलार वितरण गरिएको छ ।

पहाडि साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय परिषद रुकुम पश्चिमको ७७ प्रतिशत अनुदान र उपभोक्ताको २३ प्रतिशत लगानीमा सोलार वितरण गरीएको हो ।

३६० घरपरिवार रहेको सानीभेरी वडा नं १० मा पहिले सोलार नभएका र विपन्न घरपरिवार छनौट गरी सोलार वितरण गरीएको छ ।

पहाडि साना किसानका लागि अनुकुलन आयोजना कार्यक्रमको रु २० लाख १५ हजार १ सय ५० र उपभोक्ताको ६ लाख २० हजार गरी जम्मा २६लाख ३५ हजार १सय ५० रकमले सोलार सिस्टम खरिद गरिएको हो ।

पहाडि साना किसानका लागि अनुकुलन आयोजना (आशा) कार्यक्रमले बोलपत्र प्रकाशन गरी सबैभन्दा कम मूल्यमा एभरेष्ट इनर्जी प्रा.लि. छनौट मा परेको थियो ।

एक सेट सोलार सिस्टमको मूल्य १२ हजार ७ सय परेको लेखापाल भारती के.सीले बताउनुभयो । एभरेष्ट इनर्जी प्रालि मार्फत ५० वाटको पानेल, ३५ एम्पियरको ब्याट्री र ५ वटा एल इ डी बल्ब र डिजिटल कन्ट्रोल सहितको सोलार सेट वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्