आत्मघाती हमला



कावुल,(एजेन्सी)
तालिवान लडाकु समुहले अफगानिस्तानको राजधानी कावुल स्थित अमेरिकाको एक दातृ निकायको कार्यालयमा बुधवार आक्रमण गरी कमितमा पाँचजना मानिसको ज्यान लिएको तथा अन्य चौबिस जनालाई घाइत ेबनाएको प्रहरीले जनाएके छ ।

काउन्टर प्वाइन्ट इन्टरनेसनल नामक सो संस्थाका ेकार्यालयमा प्रवेश गर्नुअघि तिनीहरुले आत्मघाती बम विस्फोट गराएको अनुमान गरिएको छ । त्यसपछि अफगान सुरक्षाकर्मिसंगको भिडन्तको दौरान पाँच ैजना आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ । आक्रमणकोबेला सुरक्षाकर्मिले सो भवनमा रहेका करिव दुई सयजना व्यक्तिलाई सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्