ह्यारी पिता बने



लन्डन (एजेन्सी)
बेलायतका राजकुमार ह्यारी र डचेस अफ ससेक्स मेगान मार्कललाई पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको छ । उनीहरुबीच विवाहको पहिलो बर्षगाँठको केही हप्ता अगाडी नै यो दम्पती आधिकारीक रुपमा मातापिता बनेका छन् । डचेस र बच्चा दुबै स्वस्थ रहेको र बताइएको छ ।

शिशु ७ पौन्ड ३ औन्स तौलको भएको उल्लेख गर्दै सामाजिक सन्जालमा ती जोडीले सन्तानलाभको पुष्टि गरेका छन् । अत्यन्त खुसी देखिएका राजकुमार ह्यारी पिता बनेको अनुभवका विषयमा प्रेससँग बोलिरहेका थिए । उनले भने– मेगान प्रति अदभुत गौरवानित छु ।

प्रतिक्रिया दिनुहोस्