आजको पञ्चाङ्ग एवम् राशिफल (२४ वैशाख २०७६ मंगलबार, ७ मे २०१९)



आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सम्वत् ११३९ वि.सं.२०७६ वैशाख २४ गते मंगलबार तद्अनसार सन् २०१९ मे ७ तारिख वैशाख शुक्लपक्ष तृतीया तिथि रोहिणी नक्षत्र १७ः१२ पर मृगशिरा नक्षत्र अतिगण्ड योग तैतिल करण १५ः२३ पर वणि करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः४०मा हुनेछ । परशुराम जयन्ती, अक्षयतृतीया, धर्मघटादिदानम्, कोटेश्वर महादेवमा शिव–पार्वती विवाह महोत्सव, लुभू महालक्ष्मी भैरवयात्रा, समाजसुधार दिवस । शुभ समय अभिजित– ११ः३४ देखि १२ः२७, राहु काल–१५ः२१ देखि १७ः०१, दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । अन्नधन वृद्धि हुनेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुखशान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – दैनिक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । प्रेमसुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइबीच आमोदप्रमोदमा रमीरहनुहुनेछ । राजकाज होला । रचनात्मक कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला । पारिवारिक सुखशान्ति बढ्ला ।

मिथुन राशि – यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । मिठो भोजन मिल्नेछ । आर्थिक कार्यमा आकर्षण बढ्नेछ । दैनिक कर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हितकर रहला । आरोग्यता बढ्ला । मान महत्व बढ्नेछ । सामर्थ्य बढ्नेछ । रोकिएको धन उठ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । ऊर्जा बढ्नेछ । सुखशान्ति ऐश्वर्य बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखदायी रहला । मान प्रसिद्धि बढ्नेछ ।

कर्कट राशि – आयस्रोत बढ्ला । धनसम्पत्ति बढ्नेछ । भागदौड व्यस्तता रहला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । अरुको भर नपर्नु उचित हुनेछ । समस्याको समाधान मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ ।

सिंह राशि – आर्थिक र बौद्धिक प्रगति होला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभासमारोहमा मान पुरस्कार प्राप्त हुनेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । आयवर्द्धकक काम बन्ला । उनन्ति–पदोन्नति हुनेछ । विजयश्री मिल्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधा बढ्नेछ ।

कन्या राशि – काममा रुचि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला राशि – मान वृद्धि हुनेछ । सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । इष्टमित्र सुख–सन्तति बढ्नेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । शुभतासित सम्बन्धित कार्यमा रुचि बढ्ला । सुखशान्ति बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आय स्रोत बढ्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आफन्तसुख मिल्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

वृश्चिक राशि – समस्याको समाधान मिल्नेछ । कठोर प्रयास र परिश्रम गर्नुपर्नेछ । भागदौड चलिरहनेछ । जोखिममा पर्नु र विवादमा लाग्नु उचित नहोला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । रसरागमा आकर्षण बढ्नेछ ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मान पुरस्कार मिल्नेछ ।

मकर राशि – बौद्धिक र रचनात्मक काम बन्नेछ । सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान महत्व बढ्ला । सुख–आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ । आँट उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण राख्नुपर्ला । कार्यव्यापारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुने छैन । रसरागमा आकर्षण वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको सहयोगमा कमी आउने छैन ।

मीन राशि – समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । मान महत्वमा वृद्धि हुनेछ । विवादमा नपर्नु उचित होला । भागदौड व्यस्तता लागि रहनेछ । आफ्नै बल–विवेकले काम गर्नु उचित होला । धैर्यले काम लिनु हितकर रहला । हासविलासमा आकर्षण होला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला ।

प्रतिक्रिया दिनुहोस्