तिव्र आक्रमण



गाजा,(एजेन्सी)
इजरायल र गाजा क्षेत्रमा रहेका लडाकुहरुले आपसी आक्रमण तिव्र पारेका छन् ।

यो पछिल्ला केहि वर्षपछिकै सबैभन्दा भयानक भिडन्त मानिएको छ । प्यालेस्टाइनी लडाकुहरुले एक साताभित्रमा इजरायली भू–भागमा ४ सय ५० वटा भन्दा बढि रकेट प्रहार गरेका छन् । ति मध्ये धेरै रकेट खसारिएको भएतापनि एकजना इजरायली पूरुष मारिएको बताइएको छ ।

त्यसैगरी इजरायलले पनि गाजा क्षेत्रमाकरिव २ सय २० वटा रकेट प्रहार गरेकोछ । गाजाका ेअधिकारीहरुले श्क्रवार यता आठ जना प्यालेस्टिनीको ज्यान गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्