प्रदेश–१ को स्थायी राजधानी विराटनगर



नेपाल समाचारपत्र, विराटनगर ।
प्रदेश– १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहार्इ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।

अब यससम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्