विमान नदीमा



प्mलोरिडा (एजेन्सी)
अमेरिकाको प्mलोरिडा राज्य स्थित ज्याक्सनभिला नोवल हवाई अड्डामा शुक्रबार राती एक यात्रु वाहक विमान अवतरणका क्रममा चिप्लेर नजिकको नदीमा खसेको बताइएको छ । विमानमा रहेको सबै १ सय ३६ यात्रुहरु सकुशल रहेको जनाइएको छ ।

वोइंग ७३७ विमान धावनमार्गबाट चिप्लेर नजिकको सेन्ट जोन नदीमा खसेको अधिकारीहरुले जानकारी दिए । उक्त विमान क्युबाबाट ज्याक्सनविला पुगेको थियो । ज्याक्सनविलाको एजेन्सीले विमानमा यात्रा गरिरहेका सबै यात्रुहरु सुरक्षित रहेको जानकारी दिए । घटनामा दुई यात्रुमाथि सामान्य चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्