पात्रो होइन सामाजिक सञ्जाल



आजकल कुनै चाड पर्व आए नआएको बुझ्न पात्रो नपल्टाए हुन्छ । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालले चाडपर्वका इतीश्री बताउँछन्, बुझाउँछन् । जो फेसबुक लगायतका समाजिक सञ्जालमा जोडिदैन उ त बेबकुफ पो हुन्छ भन्या ।

शनिवार मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । धेरैले आमालाई प्रत्यक्ष भेटेर, ढोगेर दिनको महत्व बढाए भने झनै धेरैले फेसबुक लगायतका सञ्जालमा आमाको फोटो पोस्टिएरै दुरदर्शन गरे । जे होस, सामाजिक सञ्जालले परदेशीलाई गज्जबै ग¥या छ । तर एउटै चुलोमा पाक्या खान भ्याउने तर आमालाई ढोगभेट गर्न नभ्याउनेहरु फेसबुकमा धमाधम आमासँगको फोटो पोस्टिएर ‘ह्याप्पी मदर्स डे’ लेख्न भ्याए ।

तर विचरी तीनका आमाले थ्यांयू छोरा÷छोरी भन्ने जवाफ फर्काउन त के आफ्नो फोटो विश्वव्यापी भएको सामान्य गन्ध समेत नपाएको धरहराबाट प्रष्टै देखियो । आफ्नै आमा विर्सिने अनि सासु आमाको फोटो पोस्टिएर ‘मिस यु मम’ भन्ने जमात पनि खैं केमा लहलह भएको मुलाझै फस्टाएको छ भन्या । सासुलाई बाल हान्ने बुहारीको जमात झन् कति हो कति ।

त्यै पनि सासु बुहारी राम्रैसँग सामाजिक सञ्जालमा छाएकै छन् । अनि अर्को अचम्म एउटै ओच्छ्यानमा सँधै सुत्ने श्रीमान् श्रीमति सामाजिक सञ्जालमै ‘वर्थडे’ र ‘एनिभर्सरी’ वीस गर्न तछाड मछाड गर्छन् भन्या । लाग्छ कि उनीहरु सात समुद्रपारी छन्, भेट नभएको महिनौ र वर्षौ भयो ।

प्रतिक्रिया दिनुहोस्