ठुटेको चुरीफुरी



सरकार आर्थिक वर्ष २०७६÷७७को बार्षिक बजेट तयारीमा जुट्या छ । बजेट लगभग साँझ विहान भइसक्यो अर्थात् बजेट सार्वजनिक हुने मिति पनि नजिकिँदैछ । जो सत्ता र शक्तिमा छन् तीनले धमाधम आफ्नो क्षेत्रका विविध परियोजनालाई बजेट विनोयोजन दबाब दिएका दिएै छन् ।

दबाब दिने पहिलो नम्बरमा प¥या छन् सभामुख महरा । २ सय भन्दा बढी परियोजनाको सूची उनले आफ्नै लेटर प्याडमा विभिन्न मन्त्रालयमा पठाएको धरहराले प्रष्टै देख्यो । निर्माणाधिन योजनामा थप बजेट र नयाँ आयोजनाका लागि आवश्यक बजेट व्यवस्था गर्न उनले चारैतर्फ पत्राचार गरेर आफ्ना जिल्लाका मन्त्री, सांसद र ठुटे नेताहरुलाई राम्रै गुन ला’छन् ।

यस्तो मामलामा दोस्रो सूचीमा मात्रै देखिए कम्रेड ओली । उनले आफ्नो निर्वाचन क्षेत्रका लागि ६८ योजनाको सूची सुटुक्कै तयार गरेपनि कुरो एक कान दुई कान मैदान भइसक्या छ । पीएमले दमक र आसपासलाई छेलोखेलो बजेट पार्न पत्राचार गरेसी समग्र झापाली कम्रेडहरु चाहिँ कुन कुन मन्त्रालय धाउँदैछन् कुन्नी ?

धरहराले सिंहदरवारतिर दुरविन तेस्याउँदा मुलुकका विभिन्न भेगका ठुटे नेता तर आफूलाई बरिष्ठ सम्झनेहरुदेखि धेरै ठाउँका चल्तापुर्जा बडाध्यक्ष त्यतै देखिन्छन् भेटिन्छन् भन्या । अनि राम्रै राजनीतिक प्रोफाईल बनाएका नेताहरु भने यो मामलामा गुमनाम छन् । ती बरिष्ठहरुका क्षेत्रमा ठुटे नेता भए पुग्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्