आतंकवादी घोषणा



न्युयोर्क (एजेन्सी)
संयुक्त राष्ट्रले पाकिस्तानका कट्टरपन्थी तथा जैश ए मोहम्मदका नेता मसुद अजहरलाई ‘आतंकवादी‘ घोषणा गरेको छ । यस घोषणापछि भारतले अमेरिका, बेलायत सहित सुरक्षा परिषदका स्थायी तथा अस्थायी सदस्यहरुलाई धन्यवाद दिएको छ ।

पाकिस्तानले प्रतिबन्ध समितिको राजनितिक प्रयोगमाथि प्रश्न उठाउँदै उसले आतंकवाद विरुद्ध कारवाही जारी राख्ने जनाएको छ । मसुदलाई आतंकवादी घोषणा गर्ने भारतको यसअघिका प्रयास चीनको अवरोधका कारण कयौं पटक असफल भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतको ठुलो सफलता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्