अजित डान्स च्याम्पियन



बुटवल, (नेस)। रूपन्देहीमा सम्पन्न यामाहा डान्स च्याम्पियन अफ लुम्बिनी २०७६ को उपाधि सैनामैना नगरपालिका कलौनीका अजित परियारले चुम्न सफ भएका छन्।

सारथी कला केन्द्रको आयोजनामा बुटवलमा भएको फिनालेमा सिनियरतर्फको अन्तिम ८ प्रतिस्पर्धीलाई पछि पार्दै सुनगाभा माविका परियारले उपाधि चुमेका हुन्। प्रतियोगितामा रिया क्षेत्री फस्ट रनर्सअप, सगुन सिजाली सेकेन्ड रनर्सअप घोषित हुँदै पुरस्कृत भएका छन्। यसै गरी कलौनीका लिसा दर्लामी उत्कृष्ट डान्सर भइन्।

यसै गरी जुनियरतर्फको उपाधि मैनाबगरकी ५ वर्षीया युनिसा केसीले चुमेकी छिन्। दीप बोर्डिङ स्कुलमा यूकेजीमा अध्ययनरत उनी नृत्य विद्यामा निपुण रहेकी छिन्। यसै गरी जुनियरमा स्मारिका गिरी फस्ट, प्रकृति काफ्ले सेकेन्ड रनर्सअप तथा रोशनी मण्डल बेस्ट डान्सर भइन्।

फागुनको पहिलो हप्ताबाट छनोट चरण शुरू भएको प्रतियोगितामा रूपन्देहीभरिका करिब २ सय बालबालिकाले सिनियर र जुनियर विधामा भाग लिएका थिए। स्थानीय संघसंस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको कला केन्द्रकी पुनम थापाले बताइन्।

प्रतिक्रिया दिनुहोस्