क्यानाडालीलाई मृत्युदण्ड



बेइजिंग,(एजेन्सी)
चीनको एक अदालतले लागु औषध मिथाम्फेटामाइन उत्पादन र ओसार प्रसार गरेको अभियोगमा मंगलवार एकजना क्यानाडाली नागरिकलाई मृत्युदण्ड सुनाएको छ । लिंग सार्वजनिक नगरिएका फान वेइ नामक ति व्यक्ति यस वर्ष मात्र मृत्युदण्ड सुनाइएका दोश्रो क्यानाडाली हुन् ।

यसै अपराध अन्तर्गत अन्य पाँच जना विदेशी लगायत दस जनालाई पनि संजाय सुनाइएको छ । हुआवेइ कम्पनीका प्रमुख कार्यकारिणी अधिकारीलाई डिसेम्वरमा भ्यानकोभरमा पक्राउ गरिए यता क्यानाडा र चीनबिचको सम्बन्ध चिसिएको हो । क्यानाडाले बेइजिंगले अवैध तरिकाले मृत्युदण्ड प्रयोग गरिरहेको जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्