कान्छो उमेर जेठो काम



मह जोडी
(मदनकृष्ण श्रेष्ठ र
हरिवंश आचार्य)

पुष्करलाल श्रेष्ठजी हाम्रा लागि कहिल्यै पनि बिर्सन नसक्ने नाम हो। हाम्रा लागि मात्र नभएर नेपाली चलचित्र, नेपाली रंगमञ्च र नेपाली कला साहित्यका लागि दिनुभएको योगदानका कारणले उहाँको नाम यो क्षेत्रले बिर्सिन सक्दैन।

उहाँले सानो उमेरमा ठूलो काम गर्नुभयो। नाम कमाएका ठूल्ठूला पत्रिकाहरूको शुरूआत हुनुभन्दा अघि उहाँले नेपालको पहिलो आधुनिक पत्रिका कामना प्रकाशन गरेर कान्छो मान्छेले जेठो काम गर्नुभयो। त्यसपछि मात्र अरू समाचारपत्रको उदय भयो। उहाँले विशेष गरी चलचित्र रंगमञ्चको क्षेत्रमा योगदान दिनुभयो।

त्यसबेला कामनामा छापिने चलचित्र, नाटकका सबै समाचार नाफादायी थिएनन्। कामना नै नेपालको पहिलो आधुनिक जेठो पत्रिका हो, जुन पुष्करलालजीले नेपाली कला, साहित्य र संस्कृतिको हितका लागि आफ्नो कलिलो उमेरदेखि नै शुरू गर्नुभयो। उहाँ पत्रकारितामा आउनुअघि एउटा कुशल खेलाडी पनि हुनुहुन्थ्यो। खेलाडीहरूले पनि उहाँलाई आदर गरेर सम्झिरहन्छन्। खेलको क्रममा लिगामेन्टमा समस्या भएपछि उहाँ खेल संसारबाट यो संसारमा आउनुभएको थियो। यदि उहाँलाई खेलमा डिस्ट्रब नभएको भए पत्रकारिता क्षेत्रमा आउन पाउनु हुन्थेन। यो घटनाचाहिँ नेपाली फिल्म कला संस्कृतिका लागि सुगम घटना मान्न सकिन्छ।

नेपाली फिल्म र कला संस्कृतिका लागि अनवरतरूपमा त्यो बेलादेखि अहिलेसम्म काम गर्नुभयो। त्यसबेला उहाँले निकाल्नुभएको पत्रिकामा सहयोग गर्ने सानैै मौका हामीले पनि पाएका थियौं, जुन अवसर हाम्रा लागि सधैं जीवित रहनेछ। त्यसबेला बेग्लाबेग्लै समयमा पाठकको प्रश्न मदनकृष्णको उत्तर र पाठकको प्रश्न हरिवंशको उत्तर भन्ने कोलम थियो। त्यसबाट हामीलाई कामनामार्पmत पाठकबाट धेरै प्रश्न आउँथे र हामीले कामनामार्फत नै उत्तर दिन्थ्यौं। त्यसबेला हाम्रो व्यस्तताको बाबजुद हामीले ४/५ वर्ष त्यो कोलम चलायौं।

आजसम्मको इतिहास हेर्ने हो भने नेपाली चलचित्र र कला संस्कृतिका लागि अनवरतरूपमा पत्रपत्रिकाको माध्यमबाट सेवा गर्ने मान्छे विरलै छन्। त्यति योग्य मान्छेलाई हामीले धेरै छोटो उमेरमा गुमाउनुप¥यो। उहाँ मिलनसार हुनुहुन्थ्यो। आफ्नो काममा लागिपरेपछि त्यसलाई पूरा गरेरै छोड्ने र नेपाली पत्रकारिताको बाटोमा जस्तोसुकै विचलित अवस्था आए पनि विचलित नहुने उहाँको विशेषता थियो। उहाँको पछिल्लो कृति हेर्दा उहाँमा साहित्यमा रुचि रहेछ। उहाँले कहिल्यै पनि कलाकारिता गर्नुभएन। तर कलाकारितामा लाग्नेहरूलाई संरक्षण गर्नुभयो। शुरूमा हामीबीच धेरै इन्टिमेसी थियो।

पछिल्लो समय हामी धेरै व्यस्त भयांै र भेटघाट कम हुन थाल्यो। तर कहिलेकाहीं भेट हुँदा हामी पुरानै हिसाबमा कुराकानी गथ्र्यौं। त्यसकारण धेरै ग्याप भएको जस्तो कहिल्यै पनि फिल भएन। सधैं सौहर्दपूर्णरूपमा कुराकानी हुन्थ्यो। एकपटक हामी अमेरिकामा हुँदा उहाँ पनि उतै हुुनुहुँदो रहेछ। त्यो बेला एकमदै एक्साइडेट भएर फोन गर्नुभएको थियो। विदेशमा भेट हुँदा राष्ट्रप्रतिको मोह एकदमै धेरै देखिन्छ।

उहाँ देशलाई पनि माया गर्ने मान्छे हो। सम्पन्न परिवारको मान्छे भए पनि स्थिर भएर नेपालमै बसिरहनुभयो। त्यो नै उहाँको विशेषता हो। हाम्रो कलाकारितामा स्ट्रगल पिरियड थियो। त्यो बेला उहाँको पनि पत्रकारितामा स्ट्रगल पिरियड थियो। त्यतिबेला काष्ठमण्डपनजिकै उहाँको घरमा जान्थ्यौं। त्यहाँ जाँदा उहाँको बुबाआमा, भाइ, छोराछोरी, मिसेसले आफ्नै घरमा गएजस्तो गर्नुहुन्थ्यो। हामीलाई पनि उहाँकै परिवारको मान्छे हौं जस्तो फिल हुन्थ्यो। उहाँसँग तिक्त घटना कहिल्यै घटेन।

पहिलेपहिले पत्रपत्रिकामा कलाकारलाई स्थान दिइँदैनथ्यो। २०२६ सालमा मैले (मदनकृष्ण) नेपाल भाषाको गीत कम्पिटिसनमा प्रथम हुँदा राइजिङ नेपालमा सानो जम्मा ६/७ लाइनको सामाचार आएको थियो। किनभने त्यतिबेलाको समय नै त्यस्तो थियो। कलाकारलाई समाचारमा प्राथमिकता दिइँदैनथ्यो। गायकहरूको गीत सुनेर वाह⁄ वाह⁄ भन्थे, त्योभन्दा बढी हुँदैनथ्यो।

२०४१ सालतिर पुष्करलाल श्रेष्ठ र अशोकमान सिंहले हामी मिलेर कामना नामको फिल्म पत्रिका निकाल्दै छांै भन्नुभयो। मलाई ९मदनकृष्ण० कलासम्बन्धी न्युज कसले पढ्ला र जस्तो लाग्थ्यो। चल्छ र यो भनें। उहाँले चल्छ दाइ चल्छ भन्नुभयो। नभन्दै पत्रिका निकाल्नुभयो, पत्रिका स्पिडली चल्यो। कामनामार्फत पाठकहरूको यति प्रश्न आउँथ्यो कि मेरो ९मदनकृष्ण० कोठाभरि खामैखाम मात्र हुन्थे।

एकजना मेरो साथीको भाइ हुनुहुन्थ्यो। उहाँले त्यो खाममा टाँसिएको टिकट नफाल्नुुस् है भन्नुभयो। मैले किन भनेर सोधें। उहाँले म ती स्ट्याम्पहरू बेच्छु भन्नुभयो। मैले ती सबै खाम राखिदिन्थें र उहाँले हरेक महिनामा आएर स्ट्याम्प जम्मा पारेर बेच्नुहुन्थ्यो। पछि स्ट्याम्प बेचेको पैसाले छोराछोरीको फि नै ट¥यो भन्नुहुन्थ्यो। पुष्करजीले सबैको भन्दा बढी तपाईंहरूलाई पाठकको चिठी आउँछ भन्नुहुन्थ्यो।

त्यसबेला कलाकारसँग फोटो खिच्ने चलन थिएन। तर कामनाले कलाकारलाई यति हाइलाइट गरिदियोकि यसले कलाकारहरूको मूल्य नै बढाइदियो। त्यसकारण कलाकारहरूले कहिल्यै पनि पुष्करलालको गुण बिर्सिनुहुन्न र बिर्सिनेछैन पनि। पुष्करजीले कामना अवार्ड भन्ने पनि स्थापना गर्नुभएको छ। विभिन्न एक्टिभिटजमा सक्रिय मान्छे हो उहाँ।

कामना पत्रिका चल्नु भनेको चुनौती थियो। तर उहाँले चलाउनुभयो। म (मदनकृष्ण) उहाँको घरनजिकै अट्कोनारायणस्थानमा भाडामा बस्थें। हाम्रो घनिष्ट सम्बन्ध थियो। कामनामा हाम्रो विषयमा न्युजहरू आइरहन्थे। यतिसम्म कि एकपटक त कामना पत्रिका नै मह जोडीको हो भन्ने प्रभाव परेको थियो।

उहाँको रुचि खेलकुदमा पनि रहेछ। आनीबानी गर्छु भनेको काम गरेर देखाउनुपर्ने डिटरमिनेसन भएको मान्छे हुनुहुन्थ्यो उहाँ। सुगर प्रेसरजस्ता रोग रहेछ। तर कन्ट्रोल गरेर बस्नुभए पनि अचानक लाखौंमा एकलाई लाग्ने रोगका कारण उहाँको स्वर्गारोहण हुन पुग्यो। कम उमेरमा उहाँको निधन भयो। निश्चय पनि हामी सबैजना दुःखी छौं। उहाँ बिरामी भएका बेला हस्पिटलमा भेट्न गएका थियौं। उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो। मैले ९मदनकृष्ण० पनि यही वर्ष क्यान्सरका कारण आफ्नी श्रीमती गुमाएँ।

जिन्दगीमा भोग्नुपर्ने कुरामा पर्दोरहेछ यो। कसैका श्रीमान्ले भोग्छन् कसैका श्रीमतीले भोग्छन्। मैले त मृत्युलाई साधारणरूपमा स्वीकारिसकें। मेरी श्रीमतीले ६ वर्षसम्म क्यान्सरको पीडा भोगिन्। मैले मृत्युलाई औषधी रहेछ भन्ने सम्झें। पुष्करजीको परिवारले पनि यसरी लिनुपर्छ। उहाँको आमा पनि हुनुहुन्छ। आमालाई झन् कति पीर प¥यो होला। यो शोक भनेको ठूलो शोक हो। पुष्करलालजी आफ्नो बुबा भरतलाल श्रेष्ठ बितेको तीन वर्षमै बित्नुभयो, जसले गर्दा उहाँको परिवारमा ठूलो चोट पुगेको छ। भगवान्ले धैर्यधारण गर्ने क्षमता प्रदान गरून्।

उहाँ भौतिकरूपमा हाम्रा अगाडि नभए पनि हाम्रो सम्झनामा उहाँ सधंै हुनुहुन्छ। उहाँको योगदानलाई भावी पुस्ता र सम्पूर्ण पत्रपत्रिका जगत्ले कदर गर्दै उहाँले गर्नुभएको कामलाई निरन्तरता दिऊन् भन्ने हामी कलासंस्कृतिमा लागेका मानिसको आकांक्षा छ। त्यो आकांक्षा पूरा होस्।

प्रतिक्रिया दिनुहोस्