पुष्करलाल दाजु, मलाई माफ गर्नुस्



रमेशकुमार खड्का

त्यो बेला ‘कामना’ र ‘साधना’ पत्रिका बजारमा पुग्नासाथ हाराल्ुछ हुन्थ्यो। निजी क्षेत्रका यी दुई प्रख्यात पत्रिका थिए। साधना पत्रिकाका लक्ष्मण अधिकारीजीसित कामना प्रकाशन समूहको कार्यालयमा मेरो पहिलो भेट भएको थियो।  यस प्रकाशन समूहका माउ अर्थात् वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठसँग मेरो प्रकाशन गृहमै चिनजान भएको हो। शालीन, मिलनसार र फरासिलो स्वभावका पुष्करलाल दाजुसँग कम समयमै मेरो घनिष्ठता बढिहाल्यो।

हामी बिहान क्लबमा सँगै ब्याडमिन्टन खेल्थ्यौं। बिहानको चिया कफी प्रायः सँगै पिइन्थ्यो। उहाँको घरमा गएर धेरै पटक ब्रेकफास्ट खाने मौका पाएँ। उहाँको निवासमा अतिथिको जमघट र खानपिन कार्यक्रम भइरहन्थ्यो। कहिले ब्रेकफास्ट, कहिले लन्च त कहिले डिनर भन्दै उहाँ मलाई सामन्यतयाः बोलाइरहनुहुन्थ्यो। साथीभाइसँग घुलमिल हुने र रमाइलो गर्ने मामिलामा उहाँ निकै उदार मान्छे।
आठ दश वर्षअघिको कुरा हो। एक पटक पुष्करलाल दाजुको परिवार र मेरो परिवार भएर दिल्ली हुँदै मौरीसस घुम्न गयौं। हाम्रो टोलीमा पुष्करलाल दाजु, राजेश्वरी भाउजु र रकिन लाल ९छोरा० हुनुुहुन्थ्यो र मेरो परिवारबाट भने म, मेरी श्रीमती, सुजना, छोरा ९रुबेन० र छोरी ९मारिया० थिए। एक साताको त्यो भ्रमणका क्रममा पुष्करलाल दाजु र मैले आफ्ना निजी भावना साटासाट ग¥यौं।
म शेयर एन्ड केयर नेपालमार्फत सशक्तीकरण एवं रूपान्तरण कार्यक्रममा सक्रिय थिएँ। बाडेगाउँमा हामीले आयोजना गर्ने कार्यक्रममा पुष्करलाल दाजु सहभागी भइरहनुहुन्थ्यो। हामीले ग्रामीण स्तरका विपन्न समुदायमा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, जीविकोपार्जनलगायतका कार्यक्रम चलाइरहेका थियौं। पुष्करलाल दाजुले फर्पिङदेखि नुवाकोटसम्म पुगेर हामीलाई हौसला दिनुभएको म सम्झन्छु। कसैसँग मेरो परिचय गराउनुप¥यो भने उहाँ यसो भन्नुहुन्थ्यो– ‘रमेशकुमार खड्का, धेरै गाउँहरूको मुहार फेर्न, खाँचो तथा आवश्यकतामा परेका व्यक्तिहरूको जीवनस्तर उकास्न र उनीहरूको जीवनमा खुसी ल्याउन  निरन्तर लागि पर्ने महŒवपूर्ण व्यक्ति हुनुहुन्छ। यसरी आफ्नो जीवन अरूमै समर्पित गरेको देख्दा म सधै उहाँको कामको प्रशंसा र सम्मान गर्छु।’  पुष्करलाल दाजुको यसखालको व्यवहारले मलाई निरन्तर मानवीय सेवामा लाग्न झन् हौसला दिइरहेको हुन्थ्यो।
उहाँसँग मेरो घनिष्ठता बढ्दै गयो। यसै क्रममा उहाँको घरमा देश विदेशबाट कोही नयाँ मानिस आयो कि उहाँ मलाई पनि बोलाउनुहुन्थ्यो र सबैसँग परिचय गराउनुहुन्थ्यो। दाजुले मलाई आफ्नै परिवारको सदस्यजस्तो स्नेह दिनुभएको थियो।
एक साताको त्यो भ्रमणका क्रममा पुष्करलाल दाजु र मैले आफ्ना निजी भावना साटासाट ग¥यौं ।
एक पटक माइलो छोरा रकिनलाल श्रेष्ठको विवाहको कार्यक्रम थियो। उहाँले मलाई छोराको बिहेको निम्तो कार्ड पठाउनुभएको थियो। मलाई लागेको थियो, विवाह आउन अझै दुई÷तीन दिन बाँकी छ, तर एकाबिहानै पुष्कारलाल दाजुले फोन गर्नुभयो।

‘रमेशी खै त विवाहमा आएको रु’ –दाजुले भन्नुभयो।

‘विवाह पर्सि हैन र रु’ –मैले भनें। 

उहाँले भन्नुभयो– ‘कार्ड हेर्नुस् त ?’

 

त्यसपछि मैले कार्ड हेरें, त्यस कार्डमा चुल्हे निम्तो भनेर लेखिएको रहेछ।
नेवार समुदायमा तीन÷चार दिन अघिदेखि नै विवाहको विधि अनुष्ठान शुरू भई सक्दोरहेछ। म त जन्ती जानु पर्ला भन्ने तयारीमा थिएँ। कार्डमा ‘चुल्हे निम्तो लेखिनुको अर्थ परिवारका सबै सदस्यलाई विवाहमा आमन्त्रण गरिएको भन्ने अर्थमा मैले बुझेको थिएँ। पुष्करलाल दाजुले त्यो दिन चुल्हे निम्तोको नयाँ अर्थ खुलाउनुभयो।

‘चुल्हे निम्तो भनेको विवाह अनुष्ठान शुरू भएको दिनदेखि विवाह नसकुन्जेल तपाईंको घरमा चुल्हो बल्दैन, सपरिवार विवाह घरमै आउने, यहीं खाने भन्या हो, किन न आएको हँरु’ –दाजुले भन्नुभयो।

यसरी हाम्रो परिवार उहाँको छोराको विवाहमा आफ्नै परिवारको अभिन्न सदस्यको विवाहको रूपमा हरेक प्रक्रियामा सहभागी भएका थियौं। उहाँले आफ्ना अति प्रिय मानिसको सूचीमा म र मेरो परिवारलाई राख्नुभएको थियो।

मैले ब्याडमिन्टन क्लब परिवर्तन गरें, तर पुष्करलाल दाजुसँग चिया पिउन भनेरै म उहाँको क्लबमा जान्थें। त्यहाँ हाम्रो एक मित्र रामकृष्ण महर्जनका साथ हामी चियाको चुस्कीसँग देश दुनियाका गफ गथ्र्यौं। दाजु मुलुकको ताजा परिस्थितिबारे बताउनुहुन्थ्यो। कहिलेकाहीं धेरै दिनसम्म भेट हुन पाएन भने उहाँ आफै फोन गरेर भन्नुहुन्थ्यो– ‘भेटघाट पातलियो, ल मकहाँ चियाखान आऊ।’

पछिल्लो पटक मैले पुष्करलाल दाजुलाई बाडेगाउँमा आयोजित जमघटमा डाक्न भनी फोन गरेको थिएँ।
‘दाजु मैले एउटा जमघटको आयोजना गरेको छु, हजुर आउनुप¥यो’ –मैले भनें।

‘रमेशजी म अहिले अस्पताल भर्ना भएको छु’ –दाजुले भन्नुभयो।

‘के भयो दाजुरु’ –मैले सोधें। 
‘मेरो पत्थरीको अपरेसन गरेर आराम गरिरहेको छु’ –दाजुले भन्नुभयो।
यही नै उहाँसँगको मेरो अन्तिम संवाद हुन पुग्यो।
मैले म आइहालें त भनें, तर खै के कारणले हो तत्काल उहाँलाई राखिएको ब्लुक्रस नर्सिङ होममा जान सकिनँ।
‘म आउन सकिन दाजु, सरी है’ –मैले भनें। ”
ठीकै छ केही छैन, म भोलि डिस्चार्ज भइहाल्छु, घरमै भेटौंला नि’ –दाजुले भन्नुभयो।

यसैबीच अफिस काम तथा पारिवारिक घेटघाटको कामले म काठमाडौंबाहिर र विदेशसमेत जानुप¥यो। उहाँसँग भेट हुन पाएन। केही समयपछि उहाँ निकै सिकिस्त हुनुभएको खबर आयो। भेट्न भनेर जाने तयारी गरिरहेकै बेला उहाँलाई दिल्ली लैजान एयरपोर्ट पु¥याइसकिएको खबर आयो र उहाँलाई दिल्ली लगियो। फेरि पनि उहाँसँग भेट हुन पाएन।

मैले रामकृष्ण महर्जनजीसँग दाजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहन्थें। उहाँको अवस्था निकै क्रिटिकल भइसकेको रहेछ। दिल्लीमै भेट्न जाउmँ कि भन्ने मनमा भइरहेको थियो। भित्री मनले उहाँलाई जसरी पनि भेट्नुपर्छ भनिरहेको थियो, तर खै के मिलेन, दिल्ली जान सकिएन। यसप्रति अहिले पनि मलाई आत्मग्लानी भइरहेको छ।

दिल्लीबाट ल्याएर नर्भिक अस्पतालमा राखिएछ। उहाँ आईसीयूमा हुनुहुँदो रहेछ। मैले रामकृष्णजीलाई पुष्करलालजीसँग भेट्ने तारतम्य मिलाउन आग्रह गरेको थिएँ। उहाँले हुन्छ पनि भन्नुभएको थियो, तर चिकित्सकले कसैलाई पनि उहाँसँग भेट्न नदिएकाले पछि भेट्ने कुरा भयो। नर्भिकबाट डिस्चार्ज गरेर घर ल्याइयो।

उहाँलाई घरमा ल्याउँदा म परिवारसहित एक महिनाको अस्ट्रेलिया भ्रमणमा थिएँ। त्यतिबेला समेत भेट्न जाने अवसर मिलेन। उहाँको अवस्था सम्वेदनशील अनि इन्फेक्सन धेरै भएकाले घरमा कोही पनि घेटघाटका लागि नआउन परिवारबाटै सूचीत गरियो। त्यसपछि काठमाडौं आएर पनि हामी शुभचिन्तकले उहाँलाई भेट्न जानुभन्दा भेट्न नजानु उपयुक्त ठान्यौं। यद्यपि मेरो श्रीमती सुजना र  छोरी मारिया उहाँको परिवारसित सम्पर्कमै थिए। मैले परिवारबाटै उहाँको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिन्थें।

केही समयपछि उहाँलाई मेडिसिटीमा भर्ना गरिएछ। हामी भेट्न सकिन्छ भनेर मेडिसिटी गयौं। उहाँको अवस्था निकै कमजोर भइसकेको थियो। चिकित्सकले सघन उपचार कक्षमा कसैलाई पनि प्रवेश गर्न दिइरहेका थिएनन्। त्यत्रो आत्मीय, घनिष्ठ, प्रेरक दाजुलाई अन्तिम पटक भेट्न समेत पाइएन। जीवनको उत्तरार्धमा उहाँसँग भेट्न नपाउनु मेरो हृदयको एउटा रिक्तता बनेर जीवनभर रहिरहने भयो, यसले मलाई आजीवन ग्लानीको अग्नि लगाइरहने भयो।

एक दिन अचानक मैले पुष्करलाल दाजुको निधनको खबर पाएँ। जुन खबरले म स्तब्ध भएँ। उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीको लागि एक बजेदेखि तीन बजेसम्म भूगोल पार्कमा राखिएको थियो। उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन म मेरो साथी किरण, सञ्जय, हरि, रामकृष्ण, दुर्गा र उत्तममामासँग भूगोल पार्क पुगेका थियौं। भूगोल पार्कमा मैले उहाँको अन्तिम दर्शन गर्ने आँट गर्न सकिनँ। मेरो मन पोलिरहेको थियो।

अन्तिम श्रद्धाञ्जलीपछि उहाँलाई आर्यघाट लगियो। हामी पनि पछि–पछि आर्यघाट पुग्यौं। मलाई त्यहाँ पनि उहाँको पार्थिव शरीर अगाडि जाने हिम्मत भएन। त्यसपछि, अली टाढैबाट उहाँको दर्शन गरें र श्रद्धासुमन अर्पण गरें। मैले परिवारका सदस्यसँग पनि फेस गर्न सकिनँ। बिरामी हुँदा नै दाजुलाई भेट्न जान नसक्दाको पश्चातापका कारण म भावुक भएको थिएँ। पर्सिपल्ट मात्र उहाँको घरमा गएर छोराहरूसँग भेटें।

पुष्करलाल दाजु निकै असल, अरूको भलो चाहने सहृदयी मानिस हुनुहुन्थ्यो। यदि आफ्नो पहलबाट कसैको राम्रो हुन्छ भन्ने उहाँ गरिदिनुहुन्थ्यो। उहाँ निकै सकारात्मक र हँसिलो रसिलो मानिस हुनुहुन्थ्यो। इतिहासका धेरै कुराको ज्ञान थियो। उहाँसँगको संगतका कारण मैले राजनीति, धर्म र इतिहासका धेरै कुराको जानकारी पाएँ। उहाँ आफ्नो पेसामा दृढ, इमानदार र प्रोफेसनल पत्रकार हुनुुहुन्थ्यो। नेपालमा व्यावसायिक पत्रकारिताको उहाँ पायोनियर हुनुहुन्थ्यो। यस्ता देशभक्त पत्रकारसँग घनिष्ठ हुन पाउनु मेरो अहोभाग्य हो। तैपनि, जीवनका अन्तिम क्षणमा भेट्न पाइनँ। उहाँप्रति श्रद्धासुमन र परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै गर्दा म भन्न चाहन्छु– ‘आई एम सरी पुष्करलाल दाजु।’
शेयर एन्ड केयर नेपाल

प्रतिक्रिया दिनुहोस्