मेरो नजरमा स्वर्गीय श्रेष्ठ



निर्मलराज पौडेल (एड गुरु)
जीवनमा भेट धैरे मानिससँग भए पनि आत्मीय सम्बन्धचाहिँ केवल थोरैसँग मात्र हुँदोरहेछ। मैंले अहिलेसम्म भेटेका मध्ये साँच्चै नै अत्यन्त थोरैमा पर्ने व्यक्ति हुन्नुहुन्थ्यो स्वर्गीय पुष्करलाल श्रेष्ठ। आज उहाँको देहवसान भएको १३औं दिनको पुण्य तिथिमा स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दछु। साथै मैले आफ्नो व्यावसायिक यात्रामा उहाँलाई कसरी चिनेको÷बुझेको छु, यसबारे सानो चर्चा यस लेखमा गर्न चाहन्छु।

स्वर्गीय श्रेष्ठसँग मेरो पहिलो भेट २०४२÷०४३ सालतिर भएको थियो। त्यस समय म कलाकारिताको क्षेत्रमा प्यारोडी गायकका रूपमा सक्रिय थिएँ। उहाँलाई नेपालको पहिलो रंग पत्रिका कामना मासिकको प्रमुख सम्पादकका रूपमा भेटेको थिएँ। त्यसपश्चात् हाम्रो भेटघाट क्रम शुरू हुन थाल्यो र २०५० सालमा मेरो पहिलो अन्तरवार्ता उहाँले यस मासिकमा प्रकाशित गरिदिनुभएको थियो। यस अन्तरवार्ता कसम कथानक चलचित्रको साइट हिरो तथा हास्य कलाकारको अभिनय बहुसंख्यक दर्शकले रुचाइदिएको विषयमा केन्द्रित थियोे। पछि कलाकारिताको साथै विज्ञापन क्षेत्रमा प्रवेश गरेपछि स्वर्गीय श्रेष्ठसँग मेरो सम्बन्ध झन् प्रगाढ बन्दै गयो। कामना प्रकाशनका अन्य पत्रिका जस्तै समाचारपत्र र महानगरमा विज्ञापन प्रकाशनसम्बन्धी कार्यका लागि मेरो उहाँसँगको भेटघाट बढ्दै गयो। जब नेपाल विज्ञापन संघ ९आन० कार्यकारी समितिमा उपाध्यक्ष र पछि अध्यक्षका रूपमा कार्यभार सम्हालें त्यसपछि मैले स्वर्गीय श्रेष्ठको व्यक्तिगत गुणसँग नजिक हुने मौका पाएँ।

नेपाली अखबारमा विज्ञापनमा नौलो आयाम भिœयाउने पहिलो पत्रिका नेपाल समाचारपत्र नै हो। विज्ञापनमा टप स्ट्रिप र साइड पपअपको अवधारणा पनि नेपाल समाचारपत्रबाटै शुरू भएकाले यसको श्रेय स्व। श्रेष्ठलाई नै जान्छ। ज्याकेट पेज निकाल्ने तथा स्यासेहरूमा कुनै उत्पादको सामग्री राखेर प्रवद्र्धन गर्ने कार्यको थालनी कामनाले ग¥यो। कलाकारलाई फुटबल खेलाउने काम कामनाले २०४५ सालमा शुरू गरेको पनि यहाँ स्मरण गर्न चाहन्छु। यो निकै महŒवपूर्ण कार्य थियो। त्यसै गरी विश्वकपमा स्पेसल संस्करण निकालेर होस् या कामनामा म्युजिकसम्बन्धी नयाँ अंक निकाल्ने श्रेय स्वर्गीय पुष्करलाललाई जान्छ।

स्वर्गीय श्रेष्ठको पत्रकारिता यात्राको एक–अर्को महङ्खवपूर्ण पक्ष भनेको उहाँको नैतिकता र निष्ठा हो ।
यसै प्रसंगमा एक घतलाग्दो घटनाको बारेमा यहाँ उल्लेख गर्न चाहन्छु। २०६४ असार ५ गते तत्कालीन समयमा द्वन्द्वरत माओवादी पार्टीले कामना प्रकाशन गृहमा तालाबन्दी गरेको थियो। त्यसपश्चात् तत्काल मेरो नेतृत्वमा आनले यस पे्रस स्वतन्त्रतामाथिको ठाडो प्रहारको विरोध गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो। यस विज्ञप्तिलाई आनको कार्यकारी समितिले अन्य पत्र–पत्रिकामा नभई केबल कान्तिपुर राष्ट्रिय दैनिकमा मात्र प्रकाशित गर्नुपर्छ भन्ने निर्णय ग¥यो। मेरो कार्य समितिले चलाखीपूर्ण कदम लिनुको मुख्य कारण कान्तिपुर र कामना प्रकाशनबीच रहेको तिक्तता र वैमनश्यताको अन्त्य गर्नु थियो। यी दुई प्रकाशन गृह एक–अर्कासम्बन्धी कुनै पनि समाचार प्रकाशन गर्दैनथे। वास्तवमा यो कदमले दुई अग्रणी सञ्चार गृहका बीचको सम्बन्धलाई सुधार गर्न ठूलो भूमिका खेलेको थियो। कान्तिपुरमा उक्त विज्ञप्ति प्रकाशित भएको दिनको बिहानै स्वर्गीय श्रेष्ठले अचम्मित हुँदै कसरी यो सम्भव भयो भनि जिज्ञासा राख्नुभएको थियो। साथै यस विज्ञप्ति छापिएका कारणले मलाई धन्यवाद पनि दिनुभएको थियो। प्रतिउत्तरमा कामना प्रकाशनको तालाबन्दीको समाचार सिरोहियाजीले दुई प्रकाशन बीचको सम्बन्धलाई न्यानो र बलियो बनाउने हेतुले कान्तिपुरमा छाप्नुभएको कुरा उहाँलाई सुनाएँ। साथै मैले धन्यवाद मलाई होइन सिरोहियाजीलाई दिनुहोस् भनेर सुझाव दिएको थिएँ। त्यसपछि तत्काल स्वर्गीय श्रेष्ठले सिरोहियाजीलाई फोन गरी आभार प्रकट गर्नुभयो। यसपश्चात् सिरोहियाजी आफू र आफ्नो टिमसहित कामना प्रकाशनमा पुगी स्वर्गीय श्रेष्ठसँग भेटघाट गर्नुभएको थियो। यस घटनाले दुई प्रकाशन गृहबीच एक–अर्का बीच सौहार्दता वातावरण सिर्जना ग¥यो जुन सम्रग नेपाली मिडिया उद्योगको दूरगामी हितका लागि कोसेढुंगा सावित भयो। मिडिया र विज्ञापन क्षेत्र दुवैको श्रीवृद्धिका लागि कान्तिपुर र कामना बीचको सम्बन्धलाई सुधार्न खेलेको सहजकर्ताको भूमिकालाई स्वर्गीय श्रेष्ठले पूर्ण विश्वासका साथ सहयोग गर्नुभएको यहाँ स्मरण गराउन चाहन्छु।

वास्तवमा भन्नुपर्दा स्वर्गीय श्रेष्ठले मैले आनको कार्यकालमा मिडिया उद्योगको विकासका लागि चालेको हरेक कदममा हार्दिकतासाथ समर्थन गर्नुभएको थियो। यसको अर्को उदाहरणका रूपमा नेपाल मिडिया सोसाइटीको पुनर्गठनलाई लिन सकिन्छ। तत्कालीन समयमा उत्सर्ग प्रकाशनका अध्यक्ष महेन्द्र शेरचनको अध्यक्षता रहेको यस सोसाइटीको पुनर्गठन गर्ने सम्बन्धमा म, शेरचनजी र सिरोहियाजीबीच छलफल भएको थियो। त्यस बखत सम्रग मिडिया उद्योग सशस्त्र द्वन्द्वको चपेटामा परी राष्ट्रको सम्रग चौंथो अंगकै अस्तित्व संकटमा परेको थियो। यस परिपेक्ष्यमा मिडिया क्षेत्रभित्र रहेका विभिन्न चुनौतीलाई प्रभावकारीरूपमा सामना गर्न यस सोसाइटीलाई संयुक्त ढंगले अगाडि बढाउन सिरोहियाजीको नयाँ नेतृत्वमा यसको पुनर्गठन हुनुपर्दछ भन्ने हाम्रो सम्झौता भएको थियो। यस सम्झौताको कार्यान्वयन गर्न स्वर्गीय श्रेष्ठले यस सोसाइटीको संस्थापक अध्यक्षको हैसियतले ठूलो भूमिका खेल्नुभएको थियो।

त्यसै गरी द्वन्द्वकालमा राजनैतिक÷आर्थिक अराजकताले मिडियाका लगानीकर्ताहरूको लगानी जोखिममा मात्र नपरी यसले मिडिया क्षेत्रभित्र विभिन्न विकृति र विसंगति जन्माएको थियो। यसको प्रत्यक्ष असर विज्ञापन क्षेत्रमा पनि परेको थियो। यस समस्यालाई न्यूनीकरण गर्न आनको अध्यक्षको हैसियले मलगायत इमेज च्यानलका अध्यक्ष आरके मानन्धर र कान्तिपुरका सिरोहियाबीच टेलिभिजन बोडकास्टसर्् नेपाल ९टीबीएन० नामक नयाँ संस्थाको गठन गर्ने सल्लाह भएको थियो। यसै सल्लाहबमोजिम तत्काल टीबीएनको लोगो बनाई यसलाई क्रियाशील गरिएको थियो। टेलिभिजन क्षेत्रका लगानीकर्तालाई एउटै टेबलमा ल्याएर सञ्चार उद्योगलाई व्यवस्थित र सहज ढंगले अगाडि बढाउने प्रयासमा पनि स्वर्गीय श्रेष्ठले सिर्जनशील योगदान गर्नुभएको थियो।

विज्ञापन व्यवसाय नेपाली मिडियाको अभिन्न अंग हो। यस कुरालाई पनि उहाँले राम्रोसँग बुझ्नुभएको थियो। नेपाली मिडियाका सरोकारवालाबीच यस जगत्को सुधारका लागि गरिएको सम्झौता होस् या विज्ञापन सिर्जनाको सम्मानार्थ गरिने कृति अवार्ड कार्यक्रम उहाँले विज्ञापन र मिडिया उद्योगका लागि चालिएका हरेक प्रयासमा सिर्जनशील योगदान गर्नुभएको थियो।

म आनको अध्यक्ष हुँदा यीलगायत नेपालमा क्लिन फिडको अवधारणा कार्यान्वयन गर्ने दूरगामी महŒव बोकेका पहलकदमी भएका थिए। नेपाली आकाशमा निर्बाधरूपले विदेशी च्यालनद्वारा प्रसारित विज्ञापनमा रोक लगाई अन्ततः नेपाली मिडिया बजारको आकारलाई दुई गुणाले वृद्धि गर्ने पहल भएको थियो। यसमा पनि स्वर्गीय श्रेष्ठले मसँग बुद्धिमत्तापूर्ण ढंगले हातेमालो गर्नुभएको थियो। यसले निःसन्देह स्वर्गीय श्रेष्ठको नेपाली मिडिया जगत्प्रतिको अटुट प्रतिबद्धतालाई प्रस्ट्याउँदछ।
उहाँको व्यक्तित्वको अर्को एक उल्लेखनीय आयाम छ। र त्यो हो नेपालमा व्यावसायिक पत्रकारिताको विकासका लागि खेल्नुभएको सशक्त र साहसिक भूमिका। जुन समय नेपालमा मुस्किलले एउटा चलचित्र बन्दथ्यो त्यो समयमा उहाँले नेपालको पहिलो फिल्मी पत्रिका कामना मासिक प्रकाशन गर्ने साहस जुटाउनुभयो। यस अर्थमा स्वर्गीय श्रेष्ठ नेपाली रंग प्रत्रकारिताको सूत्रधार हुनुहुन्थ्यो।

साढे तीन दशक निरन्तर पत्रकारितामा सक्रिय स्वर्गीय श्रेष्ठ वास्तवमै नेपाली व्यावसायिक पत्रकारिताको धरोहर हुनुहुन्थ्यो। समाजमा रहेका विकृति विसंगति हटाउँदै प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध देशको निर्माण गर्ने दिशातर्फ उहाँको लक्ष्य थियो। स्वर्गीय श्रेष्ठको पत्रकारिता यात्राको एक–अर्को महŒवपूर्ण पक्ष भनेको उहाँ नैतिकता र निष्ठा हो। कुनै दल विशेष वा कुनै समूहको निहित स्वार्थ पूरा गर्न पत्रकारितालाई माध्यम बनाउने कूसंकारबाट उहाँ सदा सर्वदा मुक्त हुनुहुथ्यो। स्वर्गीय श्रेष्ठ पित पत्रकारिताको खुलेर विरोध गर्नुहुन्थ्यो र बहुजनको हितको कलम चलाउन पर्ने कुरामा बलियो जोड दिनुहुन्थ्यो। यस सन्दर्भमा भेटघाटमा उहाँले भन्ने गरेको दुई÷चार वाक्य अझै मेरो मन मस्तिष्कमा अझै गुञ्जयमान छ। ‘कामना प्रकाशन सहजरूपमा सञ्चालन गर्न विभिन्न आर्थिक समस्या छन् तर म जस्तैसुकै चुनौती आए पनि पत्रकारिताको मूल्य, मान्यता र आदर्शलाई तिलाञ्जली दिएर केवल आर्थिक नाफा कदापि हेर्दिनँ। यसो गर्नु समाज, जनता अनि राष्ट्रप्रतिको गद्दारी हो।’ –उहाँ भन्नुहुन्थ्यो। श्रेष्ठको देहवसानसँगै देशले पत्रकारिताको क्षेत्रमा मात्र नभई सम्रग मिडिया उद्योगले एक महारथी गुमाएको छ। तर, उहाँले छोडेर जानुभएको निष्ठा, नैतिकता र व्यावसायिक मूल्यको विरासत हामीसँग सधैं नै हुनेछ। हामीले यही विरासतलाई सम्मान र संरक्षण गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली अपर्ण गर्नु हो।
(लेखक आनका पूर्वअध्यक्ष एवं वेलकम गुप्रका अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्