अरूभन्दा फरक पत्रकार



 पशुपति मुरारका

पुष्करलाल श्रेष्ठले कामना प्रकाशन समूह पहिले नै स्थापना भए पनि बीचको समयमा मात्रै म सहभागी हुन पुगेको हुँ। उहाँको नाम मैले पहिला नै सुनेको भए पनि हाम्रो भेट भने म पार्टनर भएर कामना समूहमा प्रवेश गरेसँगै भएको थियो।

पारिवारिक हिसाबले मित्रतापूर्ण र सौहार्दपूर्ण ढंगबाट काम गर्ने उहाँको बानी थियो।

म कामना प्रकाशन समूहको प्रबन्ध निर्देशक र पुष्करलाल श्रेष्ठ प्रधान सम्पादक भएर हामीले केही समय सँगै काम ग¥यौं। उहाँसँगको सम्बन्ध मैले सधैं सम्झिरहनेछु। उहाँलाई म सरल, मृदुभाषी व्यक्तिका रूपमा सम्झन चाहन्छु। आधा दशकभन्दा बढी समय सँगै काम गर्दा र त्यसअघि तथा पछिको उहाँसँगको सम्बन्धलाई यति बेला मैले सम्झना गर्नु पर्दा उहाँ सानो उमेरमा पत्रकारितामा प्रवेश गरेर पत्रकार हुँदै प्रकाशक बन्नुभएको एक संघर्षशील व्यक्ति हुनुहुन्थ्यो।

पुष्करलाल श्रेष्ठ र हामी मिलेर कामना प्रकाशन समूहलाई एउटा उचाइमा पु¥याएका थियौं। एउटा सञ्चार गृहको व्यवस्थापकका रूपमा हेर्दा मैले विषयवस्तुलाई बुझेर प्रस्ट भई गहनरूपले आम मानिसले बुझ्न सक्ने गरी सरल भाषामा लेख्न सक्ने खुबी भएको पत्रकार हुनुहुन्थ्यो। उहाँअन्य पत्रकारभन्दा फरक भएर आफ्नो लेखन र पत्रकारितालाई निरन्तरता दिनुभयो। बिहानदेखि बेलुकासम्म नै बसेर लेखन कार्यमा मेहनत गरिरहनुहुन्थो।

न्युज सेन्स अन्य पत्रकारमा भन्दा उहाँमा भिन्न रहेको मैले महसुस गर्दै आएको कुरा हो ।

सबै प्रकाशक एकजुट भई आफ्ना आवाजलाई बुलन्द बनाउने र मिडिया हाउसका जल्दोबल्दो मुद्दालाई उठाउनुपर्छ। गम्भीर भएर पत्रकारिता गर्नुपर्छ भन्ने भावले नै सबैलाई पत्राचार गरी मिडिया सोसाइटी उहाँकै पहलमा गठन भएको थियो।

उहाँले अन्य मिडिया हाउसलाई समस्या पर्दा एकजुट भएर बुलन्द आवाज उठाउनुभएको थियो। न्युज सेन्स अन्य पत्रकारमा भन्दा उहाँमा भिन्न रहेको मैले महसुस गर्दै आएको कुरा हो। आफूले उठाएको मुद्दामा उहाँ अडिक हुनुहुन्थ्यो। निरन्तर लेख्ने, पढ्ने आदत उहाँमा थियो।

उहाँसँगको सम्बन्धलाई सम्झनुपर्दा राजदरबार घटनाको विषय महŒवपूर्ण छ। उहाँले उक्त घटनालाई संयम भएर ऐतिहासिकरूपमा समाचार प्रकाशन गर्नुभएको थियो। जुन नेपाल समाचारपत्रले छुट्टै इतिहास कायम गर्ने सफल भयो। ‘स्टप द प्रेस’ गरेर उहाँले उक्त समाचारपत्र प्रकाशित गर्नुभएको थियो। मैले उहाँलाई निरन्तर लेख लेख्नका लागि सुझाइरहें, नेपाली भाषामा उहाँको राम्रो पकड थियो। लेख भने उहाँले जहिले पनि अपवादका रूपमा लेख्नुभयो। छोटो गम्भीर भएर बोल्ने सबैसँग राम्रो व्यवहार गर्ने उहाँको बानी थियो। साथसाथै काम गर्दा उखान टुक्का भन्ने र रमाइलो वातावरण बनाएर काम गर्ने खुबी उहाँमा थियो। नेपाली पत्रकारिता र देशका लागि यो अपूर्णनीय क्षति पुगेको मैले महसुस गरेको छु।
(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष मुरारकासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्