पुष्कर सरले दिनुभएको शिक्षा



गोविन्द चापागाईं
आजभन्दा करिब आठ वर्ष अगाडिको कुरा हो, मलगायत मेरा केही साथी पत्रकारिता अध्ययन गर्न भनेर काठमाडौंको भीमसेनस्थानस्थित कामना स्कुल अफ जर्नालिजममा पुग्यौं। त्यस ठाउँमा त नेपाल समाचारपत्रको कार्यालय रहेछ। हामी त्यस ठाउँमा केही समय बस्ने निधो ग¥यौं र रिसेप्सनमा गएर सोध्यौं– ‘म्याम यहाँ पत्रकरिताको तालिम दिइन्छ भन्ने सुनेको थिए होरु’ उहाँले भन्नुभयो– ‘हो, बस्नुहोस् न।’ अनि हामी केही समय बसेपछि त्यहाँबाट फर्म भरी निस्कियौं।

त्यसको केही दिनपछि हाम्रो पत्रकारिताको कक्षा शुरू भयो। हामीलाई पत्रकारिताको विषयमा सिकाउने र बुझाउने त्यस ठाउँमा कार्यरत नेपाल समाचारपत्रको सम्पादक कपिल काफ्ले हुनुहुन्थ्यो। हामी धेरै लामो समयसँगै काफ्ले सरकै नेतृत्वमा पत्रकारिता अध्यान गर्ने सुअवसर पायौं। पत्रकारिताको अध्ययनसँगै हामिले पढेको कुरा फिल्डमा गएर समाचार संकलन गरी नेपाल समाचारपत्रमा प्रकाशित गथ्र्यांै।

त्यसपछि कपिल सरले २÷४ दिनसम्म यस पब्लिकेसन्स्का अध्यक्षज्यूले हामीलाई पत्रकारिताको विषयमा शिक्षा दिने भन्नुभएको थियो। हामी सोहीअनुसारले परिपक्क भएर आयौं। नभन्दै हामीलाई पब्लिकेसन्स्का अध्यक्ष पुष्करलाल श्रेष्ठ सरले पत्रकारिताको विषयमा जिन्दगीमा उपयोगी शिक्षा दिनुभयो। नाम, दाम त छँदै छ, परिस्थितिमा पत्रकारले खेल्ने भूमिका र पत्रकारिताको शिक्षामा समाचार बनाउनेदेखि सम्पादनसम्म कसरी गर्ने भन्ने सिकाउनुभयो। पत्रकारिता क्षेत्रमा काम गरिसकेपछि सधैं निडर अनि निष्पक्ष तरिकाले समाचार सम्पादन गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यसपछि केही दिनमा नै कपिल सरले तत्कालीन पत्रकार महासंघका अध्यक्ष शिव गाउँले सरलाई ल्याएर हामीलाई जीवनमा अत्यन्तै महŒवपूर्ण विषयवस्तुका बारेमा सिकाउनुभयो।

‘हरेक दैनिक जीवनमा वरपर घटेका विषयवस्तुलाई समेटेर तयार पारेको नै समाचार हो, यो तपाईं हामी सबै आम नगरिकले पनि गर्न सक्छौं’, उहाँ भन्नुहुन्थ्यो– ‘आँखाले देखेको घटना कुनै पनि सूचनाको माध्याममार्फत जानकारी दिनु र सम्प्रेषण हुनु नै पत्रकारिता हो।’ हामीले त्यस कक्षामा जीवनमा धेरै काम लाग्ने शिक्षा हासिल गर्यांै र केही महिनापछि कपिल सरको सहकार्यामा त्यस कामना स्कुल अफ जर्नालिजमबाट पत्रकारिताको प्रमाणपत्र पायौं। उहाँकै योगदानले गर्दा आज हामी विभिन्न माध्याममार्फत आम सर्वसाधारणलाई देशमा घटेका विभिन्न घटना सत्य तथ्य सम्प्रेसित गर्ने मौका पाएका छौं। उहाँकै योगदानको कदरले आज हामी यो अवस्थामा छौं। उहाँको आत्माले शान्ति पाओस्। उहाँको स्वर्गमा बास होस्, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

प्रतिक्रिया दिनुहोस्