पुष्करजीको मृत्यु देशकै लागि अपूरणीय क्षति 



प्राडा रामकण्ठ माकजू
उपकुलपति
काठमाडौं विश्वविद्यालय

पुष्करलाल श्रेष्ठ राष्ट्रप्रेमी व्यक्तिका रूपमा मैले चिनेको हो। उहाँँले सोचेका र आँटेका कुरा अरूलाई पनि बुझाउनुपर्छ भनेर पत्रकारिता जस्तो जिम्मेवार पेसालाई व्यवस्थित र मर्यादित बनाउँदै साह्रै मेहनत गरेर अघि बढ्नुभएको व्यक्ति हुनुहुन्थ्यो। उहाँ युवा अवस्थादेखि नै कलाप्रेमी मात्र नभई खेल जगत्मा पनि निकै ठूलो योगदान गर्नुभएको व्यक्तित्व हुनुहुन्थ्यो। यसो भएकै कारण पत्रकारिताको माध्यमबाट सबै पक्षलाई एकै थलोमा सिलसिलेवररूपमा उच्च स्थान दिएर आम पाठकलाई फरक–फरक स्वादका खुराक पस्कन सक्ने सफल व्यक्तित्व हुनुभयो।

उहाँ प्रकाशक मात्र नभई आफैं सम्पादक भएकै कारण खोजमूलक लेख रचना, समाचार पस्कनेदेखि हरेक क्षेत्रमा आफैं संलग्न हुनुहुन्थ्यो। उहाँका जुनसुकै लेख होस् या समाचार एकपटक पढेर चित्त बुझ्दैन थियो र दोहो¥याई दोहो¥याई पढ्न मन लाग्थ्यो। उहाँ निस्वार्थ भावले पत्रकारिता गर्ने चोखो पत्रकारका रूपमा मैले चिनेको थिएँ। मैले बुझेजस्तै देशका सबै मानिसले बुझून् र देशप्रति जिम्मेवार होऊन् भन्ने उद्देश्यले उहाँले फिल्मी पत्रिका कामना, खोजमूलक साधना, सन्ध्याकालीन दैनिक महानगर र राष्ट्रिय दैनिक नेपाल समाचारपत्र प्रकाशित गर्नुभयो।

यी पत्रिकाका माध्यमबाट आम पाठकलाई अनुसन्धानमूलक, पठनीय सामग्री पस्किनुभयो। पुष्करलालले समयसापेक्षरूपमा सुसूचित गर्ने सोच बोकेर धेरै किसिमका खुराक बोकेका पत्रपत्रिका, म्यागेजिन निकालेर देशका लागि ठूलो ऋण लगाउनुभएको छ। उहाँले पत्रपत्रिकाको विश्वविद्यालय नै खोल्नुभएको थियो र त आज बजारमा जुनसुकै कुनामा कामना प्रकाशनबाट पत्रकारिता शुरू गरेका व्यक्तिहरू नै पत्रकार, पत्रकारिताका गुरु भएका छन्। यसको श्रेय पुष्करजीलाई नै जान्छ। नेपालका ठूला मिडिया हाउस, रेडियो, टेलिभिजन, अनलाइन, स्कुल, कलेज जहाँ पुग्दा पनि पुष्करजीकै नाम सुनिन्छ। उहाँकै विद्यार्थीहरू ती क्षेत्रमा कार्यरत छन्।

उहाँ पत्रकारिता जगत्को अत्यन्तै सफल व्यक्तित्व हुनुहुन्थ्यो। जुनबेला पहिलोपटक नेपालमा उहाँले सिनेमासिक पत्रिका निकाल्नुभयो, त्यतिबेला कति मान्छेलाई सिनेमा भनेकै थाहा थिएन, त्यही पत्रिका पढेपछि छर्लंग भयो। जुन बेला नेपालमा वर्षमा एउटा फिल्म बन्न पनि धौ–धौ थियो त्यतिबेला उहाँले फिल्मी पत्रिका निकालिसक्नुभएको थियो। म त भन्छु उहाँले फिल्मी पत्रिका निकालेकै कारण नेपाली कलाकारहरूलाई मलजल पुग्यो, थप ऊर्जाका साथ फिल्मी क्षेत्रमा लाग्न प्रोत्साहन भयो र फिल्म उद्योगको विकास भयो। आज तिनै कलाकारले उहाँलाई कत्तिको सम्झन्छन् मलाई थाहा छैन।
उहाँले पत्रकारिताको माध्यमबाट राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, पत्रकार, कलाकार, उद्योगी, व्यापारी, खेलाडी, चिकित्सक, बिरामी, सर्वसाधारण पाठक सबैलाई ठूलो गुन लगाउनुभएको छ। उहाँ एडभान्स सोच राखेर मूर्त रूप दिने तरिकाले पत्रकारिता शुरू गर्नुभएको व्यक्तित्व हो। उमेरले नहुँदो रहेछ झट्ट सम्झँदा उहाँ मेरै उमेरजस्तै उमेरको व्यक्ति हो। यति ठूलो योजना, कार्यक्रम लिएर अघि बढ्नुभएका व्यक्तित्व पुष्करलाल श्रेष्ठले राष्ट्रका लागि ठूलो योगदान गर्नुभयो तर प्रकृतिलाई चुनौती दिन नसकिने रहेछ भनेर हामीलाई पनि झस्काएर जानुभयो। एउटा सानो अप्रेसनमा भएको कमजोरीका कारण  भाइरस संक्रमण भयो र त्यही कारण हामीले उहाँलाई गुमाउनुप¥यो। यो घटनाले हामी सबैलाई मार्मिक पारेकै छ, यसका साथै उहाँको परिवारजनमा झन् कस्तो भयो होला ?
उहाँ मेरै उमेर समूहको काठमाडौंको परम्परागत नेवारी समुदायमा जन्मिएर पनि नेपाली पत्रकारिताको माध्यमबाट देश र जनतालाई ससूचित गर्न कम्मर कसेर लाग्नुभएका एक सफल व्यक्तित्व हुनुहुन्थ्यो। फिल्म नै मुस्किलले वर्षमा एक दुई बन्ने बेला, खेललाई खासै प्राथमिकता नै नदिएको अवस्थामा यिनै विषयमा पत्रकारिता गर्न ठूलो चुनौतीको सामाना गर्दै कस्सिएर लागेको व्यक्तित्व भएकाले उहाँ स्वदेश तथा विदेशका कुनाकुनामा परिचित हुनुहुन्छ।
पुष्करजीका लेखहरू पहिलादेखि नै पढ्ने गर्थें, म उहाँको फ्यान हो। उहाँ सकारात्मक सोच भएको व्यक्तित्व हुनुहुन्थ्यो। सकारात्मक सोच समाजमा दिन सक्ने व्यक्तित्व भएकै कारण उहाँले गर्नुभएको पत्रकारिता अरूभन्दा भिन्न थियो। सानो सकारात्मक सोचले ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सोच बोकेका व्यक्तित्वले धेरै ठूला–ठूला परिवर्तनका लागि सकारात्मक बाटाहरू खोलिदिनुभएको थियो।
उहाँले पत्रकारिताका माध्यमबाट हुँदैन, होइन, हुन्छ के भन्ने सन्देश दिएर कलम चलाउन सक्ने क्षमताको व्यक्ति हुनुहुन्थ्यो। सक्दिनँ होइन, सकिन्छ भनेर पत्रकारितामा उहाँ फरक धार अपनाउनुहुन्थ्यो। उहाँका यस्तै यस्तै परिवर्तकारी सकारात्मक पक्ष मलाई अत्यन्तै मन पथ्र्यो।
पुष्करजीलाई नेपाली पत्रकारितामा स्वतन्त्र पत्रकारिताका माध्यमबाट स्थापित पत्रकारका रूपमा देशले सम्बोधन गर्नुपर्छ। देशका लागि जीवन नै दिने व्यक्ति मुलुकले कमै मात्र पाउँछ। स्वास्थ्य क्षेत्रमा पनि पुष्करलालको मृत्युले झस्काइरहेको छ।
उहाँको देहवशानले देशका लागि अपुरणीय क्षति पुगेको छ। उहाँलाई गुमाउनुपर्दा म सारै नै मर्माहित भएको छु। म मात्र नभए काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल परिवार नै उहाँको मृत्युले दुःखी भएका छौं। आज हामीले एक असल मित्र, असल पत्रकार, असल देशभक्त, देशको अत्यन्तै माया गर्ने व्यक्ति गुमाएका छौं त्यसैले धेरै दुःखी भएका छौं। उहाँको परिवारजनमा यो दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस्। कामना न्युज पब्लिकेसन्स् प्रालि परिवारले उहाँका अधुरा सपना साकार पार्न अझ सक्रिय भएर अघि बढ्ने शक्ति आर्जन गरोस्।
प्रतिक्रिया दिनुहोस्