“म जान्दिनँ” भन्न सक्ने मान्छे



रञ्जित आचार्य
‘भाइ, तपाईंको अफिस कहाँ छ, अहिले नै भेट्नु प¥यो’
‘ओहो⁄ दाइ, म तपाईंको अफिस आउँछु किन दुःख गर्नुहुन्छ’
‘होइन भाइ, म नै आउँछु’
यो फोन वार्तालापको केही बेरमै पुष्करलाल श्रेष्ठ प्रिज्मा एड्भर्टाइजिङको मेरो कार्यकक्षमा मेरो अगाडि बसेर भन्दै हुनुहुन्थ्यो–
‘भाइ, मेरो कामका लागि तपाईंको सहयोग माग्नु थियो, तपाईंलाई बोलाएर सहयोग माग्ने धृष्टता कसरी गर्न सक्छु ररु’
नरम स्वभाव, कम बोल्ने उहाँ मलाई सहयोग गर्नुप¥यो, नेपाल समाचारपत्रको लेआउट परिवर्तन गर्नुप¥यो, म जान्दिनँ अहिलेको समयमा कस्तो डिजाइनले पाठकलाई आकर्षित गर्छ, तपाईं यो कुरामा विज्ञ हुनुहुन्छ, लौ अब तपाईंको जिम्मा भन्दै हुनुहुन्थ्यो। म, उहाँको त्यो आफ्नो अनभिज्ञतालाई सहजताका साथ स्वीकार गर्न सक्ने क्षमता देखेर अचम्मित थिएँ। केही थप बोल्ने आँट आएन, केवल त्यसो भए मास्टर हेड पनि परिवर्तन गर्नुपर्छ है त भनें, उहाँ तपाईंले जे भन्नुहुन्छ त्यसै गर्ने हो, बरू अलि छिट्टै गरौं है भनेर मबाट बिदा हुनुभयो।
म, उहाँको त्यो आफ्नो अनभिज्ञतालाई सहजताका साथ स्वीकार गर्न सक्ने क्षमता देखेर अचम्मित थिएँ ।
करिब १५ वर्षअघि त्यो बेला हाम्रो थुप्रै भेटघाट भयो र मैले पुष्कर दाइलाई नजिकबाट चिन्ने मौका पाएँ।

उहाँ भन्नुहुन्थ्यो– ‘बिरामी भएका बेला दक्ष चिकित्सकको परामर्श लिएको जस्तै हामीले अन्य क्षेत्रमा पनि दक्ष व्यक्तिको सल्लाह सुझाव लिनुपर्छ भाइ, हामी नेपालीहरू ‘मलाई थाहा छैन’, ‘म जान्दिनँ’ भन्न लजाउँछौं। हामी ‘मलाई थाहा छैन भन्न नसक्ने’ रोगबाट ग्रसित छौं, त्यसैले हामीलाई अघि बढ्न रोक्छ।’

सबै मान्छे सबै कुरामा निपूर्ण हुँदैनन् त्यसैले हामीले विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ। विज्ञको राय सुझाव आफ्नो दक्षतासँग मिसाएर जादु गर्न सकिन्छ भन्ने पाठ मैले उहाँबाटै सिकेको हो। त्यो बेला हामीले जे–जस्तो लेआउट र डिजाइन बनाएर प्रस्ताव ग¥यौं सो हुबहु बजारमा आयो। आज सोच्दा बुझ्दै छु, के–कस्तो डिजाइन गर्ने सबै निर्णय लिने जिम्मा मलाई सुम्पिएर उहाँले अत्यन्तै बाठो काम गर्नुभएको थियो, किन कि मैले आफैं निर्णय लिनुपर्ने अभिभारा बोकेपछि अझ बढी सतर्कता अपनाएको थिएँ र काममा कहींकतै सम्झौता गर्न सकेको थिइनँ। सायद यो नै थियो उहाँको काम गर्ने र गराउने सूत्र।

विगत केही वर्षमा उहाँको छोरा दिरेकलाल श्रेष्ठले ‘दाइ के गर्दा राम्रो होला रु’ भनेर हरेक कुराको सल्लाह गर्न सुझाव माग्दा पुष्कर दाइले छोरालाई पनि आफ्नो सो गुण सिकाउनुभएको रहेछ भन्ने लाग्ने गर्छ।

स्वभावको सरलता र सहजतासँगै कामप्रतिको पुष्कर दाइको लगाव अनि दृढता गज्जब थियो। अत्यन्तै कठिन अवस्थामा पनि ‘पत्रकारिता मेरो धर्म हो मैले जसरी पनि पत्रिका छाप्नुपर्छ’ भनेर सधैं हौसिने पुष्करलाल श्रेष्ठ हामीबीच नभए पनि उहाँको योगदान सधैं अविस्मरणीय रहनेछ तर पत्रकारिताको क्षेत्रमा भने उहाँको अनुपस्थिति सदैव खट्किनेछ।
प्रतिक्रिया दिनुहोस्